राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तरगत रहेका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा यहि मिति २०८ कार्तीक १७ र १८ गते एकैसाथ संचालन भएको छ। सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ए सँगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको हो। हरेक वर्ष कार्तीक २ र ३ गते खुवाइने भिटामिन ए र जुकाको औषधि यसपाली नेपालीहरुको महान चाड विजयादशमी परेकोले १७ र १८ गते देशैभरी एकैसाथ खुवाइएको छ। यसले लुलो लङ्गडो हुनबाट रोक्नुको साथै अशक्त हुनबाट बचाउँछ। साथै अरु रोगसँग लड्ने क्षमता पनि बढाउँछ र रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँदछ।
६ देखि ११ महिनाका लागि १,००००० आई.यु. र १२ महिनादेखि ५९ महिना सम्मका लागि २,००००० आई.यु.खुवाउनुपर्दछ। साथै दादुरा, कडा कुपोषण, दीर्घ झाडापखाला र भिटामिन ए को कमिबाट हुने आँखासम्बन्धी रोगहरुको लागि पनि स्वास्थ्य संस्थाहरुबाट भिटामिन ए को क्याप्सुलद्वारा उपचार गरिन्छ। त्यसैगरी शिशुलाई स्तनपानमार्फत भिटामिन ए को आपुर्ति गर्ने उदेश्यले सुत्केरी महिलाहरुलाई शिशु जन्मेको ६ ह्प्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायीक महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट एक क्याप्सुल २,००००० आई.यु.भिटामिन ए खुवाइन्छ।
के हो त भिटामिन ए
व्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसँग कार्य गर्न थोरै मात्रामा चाहीने तर शरीरलाई नभै नहुने शुक्ष्म पोषक तत्वको रुपमा मानिने रासायनिक पदार्थलाई भिटामिन भनिन्छ। भिटामिन ए ले शरीरलाई विभिन्न किसिमका संक्रमण रोकथाम गर्दछ। आँखालाई स्वस्थ राख्दछ। बालबालिकाको विकासमा महत्वपुर्ण सहायता गर्दछ। यो आमाको बिगौति दुध, माछा , जनावरको दुध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी तथा अन्डा , पहेँला फल र तरकारी, फर्सी मेवा आदिमा पाइन्छ भने तयारी क्याप्सुलको रुपमा विभिन्न मात्रामा सुरक्षीत साथ तयार पारिएको हुन्छ। त्यसैले यसलाई अत्यन्तै महत्वपुर्ण र स्वस्थवर्दक पोषक तत्वको रुपमा मानिएको छ।
यसरी नेपाल सरकारबाट निःशुल्क रुपमा वितरण गरीएका यी मह्त्वपुर्ण स्वास्थ्यसम्बन्ध अभियानका कार्यक्रमहरुलाई आ-आफ्नो पाएक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अवधिका आधारमा अनिवार्य रुपमा गएर आ-आफ्ना बालबालिकाहरुलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरुबाट बचाउनको लागी औषधि सेवन गराउनु हरेक परिवार र सरोकारवाला सम्पुर्ण नागरिकको कर्तब्य मानिन्छ।
(लेखक स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)