काठमाडौं- बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलामा नेपालकी रुक्सना कपाली परेकी छन्। नेवा जातीय समूहकी सदस्य उनी ट्रान्सजेन्डर मानव अधिकारवादी अभियान्ता हुन्।
हुर्काइका क्रममा आफ्नै लैंगिक पहिचानका विषयमा अन्जान उनले पछि यही विषयमा अभियान थालिन्। उनले जेन्डर र यौनिकताका विषयमा शिक्षाको अभियान चलाइन्। किशोर उमेरदेखि नै समलैंगिक अधिकारका विषयमा उनले सामाजिक सञ्जालबाट शिक्षा दिन सुरु गरिन्।
उनी अहिले कानुन विषय अध्ययनरत छिन्। नेपालमा उनी लैंगिक अल्पसंख्यकको पक्षमा कानुन र संवैधानिक अधिकारका विषयमा काम गर्छिन्।
यस वर्ष बीबीसी १०० प्रभावशाली महिलामा अधिवक्ता अमाल क्लुन, हलिउड अभिनेत्री अमेरिकाकी फरेरादेखि अमेरिकाकी पूर्व फर्स्ट लेडी मिशेल ओबामासमेत सामेल छन्।