काठमाडौं- डा मेघनाथ धिमाल अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा धिमाललाई वातावरणीय स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमले साइन्टिफिक एक्सिलेन्स अवार्ड प्रदान गरेको हो।
धिमाल वातावरणीय स्वास्थ्यका अनुसन्धानर्ता हुन्। उनका सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक लेखहरू प्रकाशित भएका छन्।
मंगलबार इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमको सहकार्यमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् आयोजना गरेको जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा धिमाललाई उक्त अवार्ड प्रदान गरिएको हो। प्राडा लुत लिनेनले सो अवार्ड डा धिमाललाई हस्तान्तरण गरेकी हुन्।