काठमाडौं– राजतन्त्र फर्काउने लगायत अजेन्डासहित मेडिकल व्यवसायी दुर्गा प्रसाईको अगुवाइमा काठमाडौंको बल्खुमा भएको प्रदर्शनमा तनाव उत्पन्न भएको छ।
प्रदर्शनकारीहरुले निषेधित क्षेत्रमा प्रवेशका लागि प्रहरीविरुद्ध ढुंगामुढा गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरासहित अश्रु ग्यास समेत प्रहार गरेको छ। केही प्रदर्शनकारीमाथि प्रहरीले लाठी समेत चार्ज गरेको छ।
प्रदर्शन झडपमा परिवर्तन भएपछि नेतृत्व गरिरहेका प्रसाई त्यहाँबाट निस्किएका छन्।
झडपमा प्रसाईं समर्थक र केही प्रहरी घाइते भएको बताइएको छ। प्रहरीले जुलुसलाई बल्खुको मुख्य सडकबाट बाहिर पठाएको छ।