काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई सुम्पिने कार्य स्वास्थ्य मन्त्रालयबाट अस्वीकार भएपछि निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकाहरु अर्थ मन्त्रालयले धाउन थालेको दाबी गरेका छन्।
बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गत वर्ष स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गरेका कतिपय निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकहरु समेत अर्थ मन्त्रालयले धाउन थालेको जानकारी आफूलाई प्राप्त भएको दाबी गरेका थिए।
जुन स्तरको दबाब आए पनि स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई सुम्पिने कार्यमा आफू संलग्न नहुने आश्वासन मन्त्री बस्नेतले दिए।