काठमाडौं- नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा डा यमबहादुर रोका चयन भएका छन्। यसैगरी प्राडा राजीव झा प्रेसिडेन्ट इलेक्टर डा सुदन ढकाल उपाध्यक्षमा चयन भएका छन् भने सचिवमा डा गोपाल सेढाईं चयन भएका छन्।
यसैगरी डा प्रकाश काफ्ले र डा सुरज थुलुङ्ग सह-सचिवमा चयन भएका छन् भने कोषाध्यक्षमा डा विनोद राजभण्डारी चयन भएका छन्।
सदस्यहरूमा डा अनिसमान सिंह, डा मनिष कोलाक्षपति, डा माया भट्टचन, डा राजीव शाह, डा प्रत्युश श्रेष्ठ र डा समीर अर्याल रहेका छन्।
डा राजीव झाले सम्बन्धित क्षेत्रका विज्ञहरुले समय समयमा बसेर न्युरो सर्जनका समस्याहरु समाधान गर्ने र नयाँ नयाँ प्रविधिबाट प्रत्यक्ष तथा अनलाइन छलफल गर्ने बताएका छन्। समाजले नियमित प्रकाशन गर्ने जर्नलको प्रमुख सम्पादकमा डा रेशा श्रेष्ठ छन्।