काठमाडौं- शिशु र आमा दुवैको मृत्युपछि लमजुङ अस्पतालमा तनाव भएको छ। शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडित पक्षले बेंसीसहरस्थित लमजुङ अस्पताल, बेसीसहरमा बुधबार बिहानैदेखि प्रदर्शन गरेका छन्।
अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले प्रदर्शन गरेका हुन्। पीडितको प्रदर्शनपछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालको सेवासमेत प्रभावित बनेको छ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका ९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारका क्रममा मृत्यु भएको हो। पीडित परिवारका अनुसार मंगलबार दिउँसो शल्यक्रियामार्फत शिशु निकालिएको थियो।
यस विषयमा अस्पतालले औपचारिक रूपमा केही बोलेको छैन।