एचपीभी र पाठेघरको मुखको क्यान्सरबारे तपाईलाई के थाहा हुनुपर्छ?
पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन्। यो भाइरस प्रत्यक्षतः छालादेखि छालाको सम्पर्कबाट र विशेष गरी यौन क्रियाकलापको समयमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यद्यपि, अहिले १०० भन्दा बढी प्रकारका एचपीभी छन्, यीमध्ये थोरै संख्याले मात्र एचपीभी–सम्बन्धित क्यान्सरहरू निम्त्याउँछ भनेर चिनिन्छ।
यी भाइरसहरु मुख र घाँटी, योनी, भल्भा, पाठेघर, लिंग र मलद्वारको सतहका कोशिकाहरूमा पुग्छ जहाँ यो कुनै पनि हानि नगरी धेरै वर्षसम्म रहन सक्छ। त्यसपछि कुनै पनि स्पष्ट कारण बिना र कुनै पनि समयमा यी भाइरसले ती कोशिकाहरूलाई क्षति पु¥याउन थाल्छ, जसले समयक्रमसँगै क्यान्सर निम्त्याउन सक्छ। एचपीभी–अन्तर्गत सबैभन्दा धेरै देखिने क्यान्सर महिलाहरूमा पाठेघरको क्यान्सर हो जसमा अध्ययनहरूले देखाएका छन् कि यी क्यान्सरहरू मध्ये ९९ प्रतिशत भन्दा बढीमा एचपीभी भाइरस सक्रिय रहेका हुन्छन्।
हालैका प्रमाणहरूले एचपीभी संक्रमण र भल्भा, योनि, लिंग, गुदा, र मुख र घाँटीका केही क्यान्सरहरू बीचको सम्बन्ध देखाउँदछ। पाठेघरको क्यान्सरले पाठेघरको मुखलाई असर गर्छ। हाल १३ प्रकारका एचपीभी छन् जस्ले पाठेघरको क्यान्सर निम्त्याउन सक्छ तर पाठेघरको क्यान्सको १० मध्ये ७ भन्दा बढी क्यान्सरको कारक केवल यी दुई प्रकारहरू १६ र १८ रहेका छन्।
सेकोलिन के हो र यो केका लागि प्रयोग गरिन्छ?
सेकोलिन एक खोप हो। सेकोलिन खोपको प्रयोग ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) अन्तर्गतको प्रकार १६ र १८ बाट हुने रोगहरूबाट जोगाउनको लागि प्रयोग गरिन्छ। यी रोगहरूमा महिलाको जननाङ्गहरू (गर्भाशय, भल्भा र योनी), पुरुष र महिलाहरुमा गुदा र जननाङ्गहरूमा हुन सक्ने क्यान्सर अघिका घाउहरु साथै पाठेघर र गुदाका क्यान्सरहरु पर्दछन्।
एचपीभी का प्रकारहरू १६ र १८ पाठेघरको मुखको क्यान्सरका घटनाहरूको लगभग ७० प्रतिशत, गुदाको क्यान्सरका ७५–८० प्रतिशत मामिलामा जिम्मेवार छन्। साथै महिलाहरुको भल्भा र योनिमा हुने पूर्व–क्यान्सरजन्य घाउहरूको लगभग ७० प्रतिशत र महिला पुरुषहरुको गुद्दामा हुने पूर्व–क्यान्सरजन्य घाऊहरूको ७५ प्रतिशत यहि भाइरसका कारणले हुन्छन्।
सेकोलिन खोपको प्रयोगबाट यसले जोगाउने रोगहरू निम्त्याउन सक्दैन। सेकोलिन ले विशेष–प्रकारको एन्टिबडीहरू उत्पादन गर्छ जसले १४–४५ वर्ष उमेर समूहका महिलाहरू र १६–२६ वर्ष उमेर समूहका पुरुषहरूमा एचपीभी १६ र १८ बाट हुने रोगहरू रोक्नको लागि प्रभावकारी रहेको क्लिनिकल परीक्षणहरूबाट पुष्टि भएको छ।
यस खोपले ९–१४ वर्ष उमेर समूहका बालबालिका र किशोर–किशोरीहरूमा विशेष–प्रकारको एन्टिबडीहरू पनि उत्पादन गर्छ। सेकोलिनको प्रभावकारिता एचपीभी १६–१८ सँग सम्बन्धित पूर्व–क्यान्सर जन्य घाऊहरूको विरुद्ध सुरक्षा दर १०० प्रतिशत रहेको पुष्टि भएको छ। ९५ प्रतिशत कन्फिडेन्ट इनटरभल (५५.७, १००) सेकोलिन खोप आधिकारिक मार्ग निर्देशन अनुसार प्रयोग गर्नुपर्छ।
सेकोलिन खोप कसरी प्रदान गरिन्छ?
सेकोलिन सेकोलिन हातको मांसपेशीमा दिइने एक खोप हो। यो किशोर र वयस्कहरूको लागि लक्षित हो। यदि तपाई ९–१४ वर्ष उमेर समूहको हुनुहुन्छ भने, तपाईलाई २ डोज आवश्यक पर्दछ। यदि तपाई १४ वर्ष भन्दा बढि उमेरको हुनुहुन्छ भने ३ डोज आवश्यक पर्दछ।
गर्भावस्था, स्तनपान र प्रजननको समयमा सेकोलिनको प्रयोग
यदि तपाईं गर्भवती हुनुहुन्छ वा स्तनपान गराउँदै हुनुहुन्छ भने वा तपाईं गर्भवती हुने आशामा हुनुहुन्छ वा बच्चा जन्माउने योजनामा हुनुहुन्छ भन्ने, यो खोप लिनु अघि आफ्नो चिकित्सकसँग सल्लाह लिनुहोस्। सेकोलिन खोप हाल स्तनपान गराई रहेका वा स्तनपान गराउन चाहने महिलाहरूलाई दिन सकिन्छ।
सेकोलिन कत्तिको सुरक्षित छ?
सेकोलिन खोप धेरै देशहरूमा प्रयोग गरिन्छ र धेरै सुरक्षित छ। यो राम्ररी परीक्षण गरिएको छ र विश्वभर छ करोड भन्दा बढी मात्रा प्रयोग भई सकेको छ। सेकोलिन एक विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको खोप हो र विश्वव्यापी रूपमा खोप सम्बन्धित कार्यक्रमहरूको लागि यूएआइसीइँ, गाभी, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन्, प्याथ, चाइ आदिद्वारा प्रयोग गरिएको छ।
अन्तर्राष्ट्रिय निकायहरूले एचपीभी खोपहरू कुनै अन्य दीर्घकालीन असर बिना सुरक्षित छन् भनी निरन्तर पुष्टि गरेका छन्। सेकोलिन नेपाल सरकारद्वारा स्वीकृत प्राप्त गरेको खोप हो र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा एचपीभी बिरुद्दको खोप कार्यक्रममा समावेश छ।
कुनै पनि अन्य खोपहरू जस्तै, ज्यादै कम संख्यामा मानिसहरूलाई खोप लगाएको छोटो अवधिमा नै एलर्जी या अन्य कुनै असर हुन सक्छ। खोप प्रदायकहरू यस प्रकारका एलर्जी असरहरू व्यवस्थापन गर्न तयार रहेका छन्। यदि तपाईको आफ्नो बच्चालाई यस्तै अन्य कुनै असरहरुको बारेमा चिन्तित हुनुहुन्छ भने आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्
सावधानी र सतर्कता, खोपपछिका केही सामान्य प्रतिकुल असरहरू
यदि तपाईं वा तपाईंको बच्चामा खोप लगाउनु अघि निम्न अवस्थामा आफ्नो चिकित्सक, औषधि–विक्रेता वा स्वास्थ्य–सहयोगीसँग परामर्स गर्नुहोस्।
– रक्तस्राव विकार (एक रोग जसले तपाईंलाई सामान्य भन्दा बढी रक्तस्राव गराउँछ), उदाहरणका लागि हेमोफिलिया।
– कमजोर प्रतिरक्षा प्रणाली, उदाहरणका लागि आनुवंशिक दोष, एचआईभी संक्रमण वा प्रतिरक्षा प्रणालीलाई असर गर्ने औषधिहरू।