काठमाडौं- सुत्केरी हुनका स्वास्थ्यचौकी हिँडेकी बाजुराकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी छन्।
सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्था हिँडेकी बाजुराको बुढिनन्दा नगरपालिका ४ की ३१ वर्षीया पानसरा रोकायाले हिँडेर स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी अहेव धर्मा चँदाराले स्वास्थ्यखबरलाई जानकारी दिइन्।
सुत्केरी हुनका लागि बिहान ७ बजे स्वास्थ्य संस्थातर्फ हिँडेकी ती महिला स्वास्थ्य संस्थामा पुग्न नसकी व्यथाले च्यापेका कारण बाटोमा नै बसेकी र आफ्नो सहयोगमा उनले बाटोमा नै बच्चा जन्माएकी अहेव चँदारा बताउँछिन्। हाल आमा बच्चा दुवै खतरामुक्त रहेका छन् उनले भनिन्।
आफू ९:५० बजे ती महिला भएको स्थानमा पुग्दा व्यथाले च्यापेकी उनी घोप्टिएको अवस्थामा फेला पारेको उनले बताइन्। उनले तत्कालै स्टेचर लिएर आउन अनुरोध गरेपनि उनले बाटोमा नै बच्चा जन्माएकी हुन्। त्यतिबेला महिलालाई एकदमै रक्तस्राव भएपनि हाल भने उनी खतरामुक्त छन्।
![No description available.](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.15752-9/406324848_1083288972701485_97730946936242249_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=g0uO14AE2ZAAX9nAU_w&_nc_ht=scontent.fktm10-1.fna&oh=03_AdTQ4zTWzGIzPy5MiXRw-FBnGpKJsCIjICqejHn-HqkM8Q&oe=6597B9B7)
![No description available.](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.15752-9/406016012_711993770880752_1194968987776613640_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=AQPxqW_BVtkAX9l6OSi&_nc_ht=scontent.fktm10-1.fna&oh=03_AdQ_jq3rKdDzqi3qgHggXdznDsgkF8RIO5nVcMNhlZQC5A&oe=6597CFF5)