काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदले स्थायी नाम दर्ता प्रमाणपत्र अद्यावधिक गर्ने भएको छ। परिषदले स्थायी नाम दर्ता प्रमाणपत्र जारी भएको मितिले पाँच वर्ष पुगेकाहरुको प्रमाणपत्र अद्यावधिक गर्न लागेको हो।
परिषदले एक सूचना जारी गर्दै पाँच वर्ष पुगेर म्याद समाप्त भएपश्चतान ९० दिनभित्र नाम दर्ता प्रमाणपत्र अद्यावधिक गर्न आग्रह गरेको छ।
'परिषद नियमावली २०५६ को नियम ३६ मा उल्लेख भए बमोजिम यस परिषदबाट जारी गरिएको स्थायी नाम दर्ता प्रमाणपत्र जारी भएको मितिले पाँच वर्ष पुगेपछि अद्यावधकि गर्नु पर्नेमा अद्यावधिक गर्ने कार्यमा ढिलासुस्ती हुने गरेको पाइएकोले परिषदको मिति २०८० माघ २५ गतेको बैठकको निर्णय अनुसार पाँच वर्ष पुगेर म्याद समाप्त भए पश्चात ९० दिनभित्र नाम दर्ता प्रमाणपत्र अद्यावधिक गर्न हुन सबैका लागि यो सूचना प्रकाशति गरिएको छ,' सूचनामा भनिएको छ।
हेरौं सूचना