काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का प्राध्यापक डा ऋतुप्रसाद गर्तौलाको उपचारका क्रममा निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमै उपचारका क्रममा निधन भएको आफन्तले जानकारी दिएका छन्।
झापाको शान्तिनगरमा जन्मिएका डा बर्तौला एन्थ्रोपोलोजीका प्राध्यापक थिए। उनले वेस्ट बंगाल भारतबाट एन्थ्रोपोलोजीमा पिएचडी गरेका हुन्।
झापामा जन्मिएका उनी अहिले काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए। उनको निधनले चिकित्सा शिक्षाको क्षेत्रमा अपुरणीय क्षति पुगेको चिकित्सा क्षेत्रका विज्ञ र विद्यार्थीहरुले बताएका छन्।