काठमाडौं- क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही सम्मानित भएका छन्। क्यान्सरको उपचार र सचेतनामा निरन्तर सक्रिय भएकोमा उनलाई अन्तराष्ट्रिय मानवअधिकारी संगठन नेपालले सम्मान गरेको हो।
भनिएको छ, 'विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सेमिनारनबाट क्यान्सर सम्बन्धि प्रमाणिक सूचना र जानकारी प्रवाह गर्दै क्यान्सर रोग लागेका बिरामीको दिनरात नभनी उपचारमा क्रियाशील भइ गरेको मानवीय सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ।'
डा अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र इपिडिमियोलोजीमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका हुन्।