काठमाडौं- रास्वपाकी सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको अवलोकन गरेकी छन्। त्यहाँ पुगेपछि उनले खगेन्द्र नवजीवन केन्द्र होइन नर्कजीवन केन्द्र रहेको प्रतिक्रिया दिएकी छन्।
त्यहाँ पुगेकी डा कार्कीले धेरै दिन देखि बाँधेर राखिएको, कसैको खुट्टा सुन्निएका, कसैको बेड फोहोर भएका, नियमित उपचार नगरिएको, पिसाबको थैली धेरै दिनदेखि नफेरिएको, निशुल्क बस्ने खाने पढ्न पाउने हुनुपर्नेमा महिनाको ६००० उठाउने गरेको भन्दै त्यहाँको बेथिति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत यस्तो लेखेकी छन्,
विभिन्न गुनासोहरु आएपछि, म तोसिमा कार्की सहित रास्वपा केन्द्रीय युवा तथा खेलकुद विभागका साथीहरु आज गाोकर्णेश्वर स्थित खगेन्द्र नवजीवन केन्द्रको अवलोकनमा गयौँ। त्यहाँ राखिएका ८४ जना अपाङ्गता भएका नागरिकको विजोग स्थिति ,एकै कोठामा ७-८ जना कोचेर राखिने, प्रयाप्त कर्मचारी छैन, पिसाबै पिसाब गन्हाएको, कसैलाई धेरै दिन देखि बाँधेर राखिएको, कसैको खुट्टा सुन्निएका, कसैको बेड फोहोर भएका, नियमित उपचार नगरिएको, पिसाबको थैली धेरै दिनदेखि नफेरिएको, निशुल्क बस्ने खाने पढ्न पाउने हुनुपर्नेमा महिनाको ६००० उठाउने गरेको, एकै परिवारसँग ५५ लाख उठाईएको, तर कोषमा पैसा नभएको, आर्थिक हिनामिना गरिएको, यस्को विरुद्दमा बोल्ने अपङ्गता नागरिक माथी हातपात गर्ने कुट्ने सम्म गरिने, केयर गर्न स्टाफ नराखिएको, चिसोमा अँद्यार्योमा सुताईएको, ह्विल चियर वितरण नगरिएको, वर्षेनी नेपाल सरकारले दिने एक करोड बजेटको लेखाजोखा नभएको,दातृहरुले दिने सहोगको पनि हिसाब छैन, त्यहाँको वासस्थान र पुर्वाधारहरु हेर्दा यो खगेन्द्र नवजीवन केन्द्र मा यि अपाङ्गता भएका नागरिकहरुले नवजिवन होईन नर्कजिवन जिउन वाध्य बनाईएको महसुस गर्यौँ। निकै पिडादायी थियो त्यो दृश्य र उहाँहरुको रोदन।
आर्थिक अवचलन, भ्रष्टाचार, वेथिती र चरम दुर्व्यवहार ! मान्छेलाई मान्छे जस्तो सहानुभुतिपूर्ण व्यवहारसम्म नगरिएको बारेमा सबै पिडितहरुको गुनासो प्रतक्ष सुनेर देखेर हामी केन्द्रका अध्यक्ष सँग भेट्न खोज्दा हामी त्यहाँ उनको अफिस पुग्दा उनी त्यहाँबाट भागेछन्।
प्रशासनमा जो भेट्यौँ उनीहरुसँगै सोधपुछ गर्यौँ र त्यसपछी
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लाई भेटि उक्त केन्द्रमा जे देख्यौँ सो भनेर तत्तकाल कारवाही प्रकृया अघि बढाउन भनेका छौँ साथै विशेष सुरक्षा र निगरानी दिन समेत अनुरोध गरेका छौँ।यो केन्द्रलाई तत्काल व्यवस्थित र बस्न लायक र पारदर्शी बनाउन जरुरी छ। सम्पूर्ण सबै निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु।