काठमाडौं- दादुराको प्रकोपको जोखिम बढ्दै गर्दा नेपालले पूरक खोप अभियान सञ्चालन गरिरहेको छ। फागुन १३ देखि सुरु भएको अभियान चैत ७ गतेसम्म सञ्चालन हुनेछ। ६० लाख मात्राको मिजल्स रुबेला खोप नेपाल आइपुगेको बताइएको छ।
हालै भूकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुम पश्चिममा केही महिना अगाडि नै त्यस्तै अभियान भइसकेकाले अब अलि उच्च जोखिम मानिएका तराईका २१ र काठमाण्डू उपत्यकाका ३ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी अनि बाँकी ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी पूरक अभियान सञ्चालन गरिरहेको छ।
पूरक अभियानमा पहिले खोप लगाउन छुटेकालाई मात्र नभइ खोप लगाइसकेकाले पनि थप मात्रा लगाउन मिल्ने बताइएको छ।
दादुराबारे चिन्ता किन बढिरहेको छ?
खासगरी कोभिड महामारीको समयमा गरिएका लकडाउनका कारण नियमित खोप अभियानहरू संसारैभरि प्रभावित भएका थिए।
त्यसमा मिजल्स, मम्प्स, रुबेला एमएमआर भनिने नियमित खोपको अभियान पनि प्रभावित हुन पुग्दा विशेषत: बालबालिकाहरूमा दादुराको जोखिम बढ्दै जाने ठानिएको थियो।
सन् २०२३ को अन्त्यतिर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकी सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिए।
सीडीसीले दादुराको सङ्क्रमण अहिले विश्वको सबै भागमा देखा परिरहेको जनाएको छ। युरोपमा दादुराको सङ्क्रमण ‘भयानक’ बढेको डब्लुएचओले जनाएको थियो। नेपालकै छरछिमेकमा पनि दादुरा सङ्क्रमण बढेका पाइए।
दादुराबारे चिन्ता किन बढिरहेको छ?
खासगरी कोभिड महामारीको समयमा गरिएका लकडाउनका कारण नियमित खोप अभियानहरू संसारैभरि प्रभावित भएका थिए।
त्यसमा मिजल्स, मम्प्स, रुबेला एमएमआर भनिने नियमित खोपको अभियान पनि प्रभावित हुन पुग्दा विशेषत: बालबालिकाहरूमा दादुराको जोखिम बढ्दै जाने ठानिएको थियो।
सन् २०२३ को अन्त्यतिर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकी सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिए। सीडीसीले दादुराको सङ्क्रमण अहिले विश्वको सबै भागमा देखा परिरहेको जनाएको छ।
युरोपमा दादुराको सङ्क्रमण ‘भयानक’ बढेको डब्लुएचओले जनाएको थियो। नेपालकै छरछिमेकमा पनि दादुरा सङ्क्रमण बढेका पाइए।
कस्तो छ नेपालको अवस्था?
विश्वमा सङ्क्रमण बढ्दै गर्दा नेपालमा पनि जोखिम बढेको पाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
“हामीकहाँ पनि फाट्टफुट्ट बाँके जिल्ला अनि भूकम्प प्रभावित जिल्लाहरूमा देखिएका छन्। त्यसबाहेक हामीकहाँ खोपको कभरेज शत प्रतिशत नभइसक्या हुनाले यो अभियान जरुरी देखिएको हो,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
गत एक वर्षमा नेपालका १७ जिल्लामा दादुरा सङ्क्रमणका मामिलाहरू भेटिएको र त्यसले १३ सय जना सङ्क्रमित भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य एवं खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए।
दादुराकै कारण बाँके जिल्लामा एक जनाको ज्यान पनि गएको थियो।
दादुरा रोगको गाम्भीर्यका कारण कुनै एउटा वडाभित्र दुईवटामात्र सङ्क्रमणका मामिला भेटियो भने पनि त्यसलाई महामारीको रूपमा लिने गरिएको छ।
खोपको कभरेज वा खोप लगाइसकिएको जनसङ्ख्याको अनुपात हेर्दा नेपालको अवस्था बलियो नै रहेको अधिकारीहरू बताउँछन्।
नियमित राष्ट्रिय खोप अभियानमा सरकारले मिजल्स रुबेला (एमआर)को खोप जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई मात्रा लगाउने गरी समावेश गरेको छ।
अहिलेको अवस्था हेर्दा नेपालमा पहिलो मात्रा लगाउनेहरूको अनुपात वा खोप कभरेज १०० प्रतिशत पुगिसकेको तर दोस्रो मात्रा लगाउनेहरू चाहिँ ९५ प्रतिशत मात्रै रहेका छन्।