नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ। एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन्। एक्स्पो सम्बन्धका एपोन मार्केटिङ संयोजक दिपेश प्रधानसँग गरिएको कुराकानी:
नेपाली औषधि उद्योगको मार्केटिङ कसरी भइरहेको छ?
नेपाल औषधिको मार्केटिङ को कुरा अरु बस्तुको भन्दा फरक छ। अरु सामानको मार्केटिङ गर्दा प्रत्यक्ष उपभोक्तासम्म पुग्ने गर्दछन। तर औषधिको मार्केटिङ उपभोक्तासम्म अप्रत्यक्ष रुपले पुग्ने गर्दछौ। हाम्रा उपभोक्ता भनेकै नै विरामी हुन। विरामीलाई नै यो–यो औषधि खाउ भनेर हामीले मिल्दैन। तर विरामीलाई आवश्यक पर्नै औषधि गुणस्तरिय, सस्तो छ भनेर हामी औषधि प्रेस्क्रइभरमा पुग्ने गर्दछौ। उहाँहरुले विरामीलाई प्रेस्क्रिप्सन गरेको औषधि उपलब्धताका लागि चिकित्सक र रिटेल औषधि पसलसम्म पुग्ने गर्दछौ।
विदेशी औषधिसंग प्रतिस्पर्धा गर्न कतिको चुनौति रहेको छ?
नेपालको भूमिमा हामीभन्दा पहिलादेखि नै विदेश कम्पनीले औषधि बेचिरहेका छन्। उनीहरु हाम्रो भूमिमा स्थापित भइसकेका छन्। हामी ३० वर्षदेखिमात्र औषधि बनाउन थालेको हौ। विदेशी कम्पनीसंग संसारको ज्ञान, सिप र टेक्निकल छ। उनीहरु डलरमा भएको पैसा लिएर हाम्रो मुलुकमा मार्केटिङ गरिरहेका छन्। हामी भने सिमित बजेटमा ति विदेश कम्पनीसंग प्रतिस्पर्धा गर्नुपर्नै हुन्छ। त्यसलै गर्दा धैरै चुनौति छ। अर्कोतिर उनीहरुसंग रेडिमेड प्रडक्ट बनेर आएको हुन्छ। हामीले अध्ययन अनुसन्धान गरेर मात्र औषधिको विकास गर्छौ। त्यसैले हामीलाई औषधि बजारमा ल्याउन समय लाग्ने गर्दछ।
विदेशी कम्पनीले करोडौ जनसंख्यालाई लक्षित गरैर औषधि बनाउनुहुन्छ। उनीहरु टनमा कच्चा पदार्थ किनेर औषधि बनाउने गर्दछन्। हाम्रो देशले तिनै देशबाट कच्चा पदार्थ किनेर ल्याएर औषधि बनाउनुपर्ने हुन्छ। हामी टनमा नभई किलोमा कच्चा पदार्थ किनेर औषधि बनाउने गर्दछौ। कच्चा पदार्थ टनमा किन्नै र किलोमा किन्नेको मूल्यमा पनि फरक पर्न जान्छ। उनीहरुसंग मारर्जिन धैरै छ, हामीसंग छैन। तैपनि पनि हामी उनीहरुसंग प्रतिस्पर्धा गरैर उनीहरुकै मूल्यमा औषधि बेचिरहेका छौ।
नेपाल फर्मा एक्स्पोले मार्केटिङ कतिको सहज बनाएको छ?
एक्स्पोले नेपाली औषधिको मार्केटिङ धैरै नै सहयोग पुर्याएको छ। अन्तराष्टिञय गुणस्तरको औषधि नेपालमा पनि बन्छ भनेर प्रचार गर्नका लागि एक्स्पोले सहयोग गर्दै आएको छ। सर्वसाधारणलाई औषधि उद्योगको बारेमा जानकारी लिनका लागि सवै उद्योगमा घुम्न सम्भव हुदैन। त्यसैले एक्स्पोमा हामीले १५० भन्दा बढी स्टल राखि नेपाली औषधिमा कस्तो मेसिन प्रयोग गछौँ, कस्तो टेक्नोलोजी प्रयोग गर्दछौ र कस्तो(कस्तो मान्छेले कसरी औषधि बनाउछन्? त्यो सवै कुरा प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। एक्स्पोमा मल्टिनेशनल कम्पनीले प्रयोग गर्ने मेसिन हामी यहि नै देखाउँछौ। हामी उनीहरुभन्दा कम छैनौ। उति नै छौ। हामीसंग पैसा कम होला तर पनि हामी विदेशीले जतिकै गुणस्तरको औषधि उपभोक्तालाई प्रदान गरिरहेका छौ।
विदेशमा नेपाली औषधिको मार्केटिङ गर्ने योजना के छ?
नेपाली औषधि विदेशमा निर्यात गर्नका लागि सरकारले सहयोग गर्नुपर्दछ। हाम्रो व्यक्तिगत रुपमा एउटा संस्थाले गर्ने कुरा एउटा हो।
विदेशमा निर्यातको लागि सहजिकरण गर्नका लागि हाम्रो देशले अर्को देशसंग पारस्परिक सम्बन्ध बनाउनुपर्दछ। सरकारले अर्को देशसंग औषधिका लागि पारस्परिक सम्बन्ध राखेर नीति बनाउन सके हामी विदेशमा पनि नेपाली औषधि निर्यात गर्न सक्छौ।
विदेशमा नेपाली औषधिको मार्केटिङका लागि सरकारले के गरिदिनुपर्दछ
सरकारले हामीलाई हौसलासंगै विदेशमा नेपाली औषधि निर्यात गर्नका आवश्यक नीति नियम र नेपाली उद्योगलाई टेक्नोलोजीमा सहयोग गर्नुपर्दछ। नेपाली औषधि उद्योगको अझ गुणस्तर बढाउनका लागि विज्ञ (एक्स्पर्ट) ल्याएर यहाँ तालिम गराउनु पर्दछ कि, नेपाली औषधि बाहिर लैजान राजश्व कम गरेर हुन्छ कि के गरेर हुन्छ विदेशीमा नेपाली औषधि निर्यात गर्न सहयोग पुर्याउनुपर्दछ।
वंगलादेशले आफ्नो औषधि छ भने विदेशी औषधिको आयातलाई प्रतिवन्ध लगाएको। हामीलाई विदेशमा औषधि निर्यातका लागि वंगलादेशको जस्तो अडचन आउन सक्छ त्यसमा सरकारले त्यसमा सहजिकरण गर्नुपर्दछ।