काठमाडौं- स्वास्थ्य खबरपत्रिकामा प्रकाशित समाचारलाई लिएर बी एण्ड बी अस्पतालले दायर गरेको मुद्दामा जित हासिल भएको छ। सर्वोच्च अदालतले आइतबार अन्तिम फैसला सुनाउँदै उक्त समाचारले उठाएको विषय सही भएको प्रमाणित गरेको हो।
सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । स्वास्थ्य खबरपत्रिकाले २०७२ साल चैत अंकमा 'लुटेरा अस्पताल' शिर्षकमा समाचार प्रकाशित गरेको थियो। डिबी खड्काले लेखेको समाचारमा बी एण्डी बी अस्पताललगायत केही निजी अस्पतालका वेथिति, बिरामीको स्वास्थ्य र समग्र स्वास्थ्य प्रणालीमा पारेको प्रभावलाई उल्लेख गरिएको थियो।
समाचारबिरुद्ध बी एण्ड बी सुरुमा जिल्ला अदालत काठमाडौंमा पुगेको थियो। जिल्ला अदालत काठमाडौंमा उक्त समाचारका कारण एक करोड रुपैयाँ क्षति पुगेको दाबी गर्दै उक्त रकम भराउनुका साथै गालीबेइज्जतीको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।
जिल्ला अदालत काठमाडौंले स्वास्थ्यखबरका पक्षमा फैसला सुनाएको थियो। त्यसपछि अस्पताल उच्च अदालतमा पुगेको थियो। उच्च अदालतले समाचारले उठाएको विषयमा जिल्ला अदालतकै फैसला सदर गरेपनि 'लुटेरा' भन्ने शब्द चयन गलत भएको भन्दै सम्पादकलाई पाँच रुपैयाँ जरिवाना हुने बताएको थियो। उक्त फैसलाका बिरुद्ध स्वास्थ्य खबर सर्वोच्च पुगेको थियो। सर्वोच्चले उच्च अदालतको फैसला उल्टी गरेको हो।
स्वास्थ्य खबरका तर्फबाट उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समेत रहेका अधिवक्ता ज्योति बानियाँले बहश गरेका थिए।
यस्तो थियो प्रकाशित समाचार