काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याड खरीदमा भ्रष्टाचार गरेको आरोपमा शहीदनगर नगरपालिकाका तत्कालिन मेयर सहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।
नगरपालिकाले आर्थिक वर्ष २०७७ र७८ मा खरीद गरेको प्याड सार्वजनिक खरीद नियावली अनुसार नभएको, गुणस्तर नभएको भन्ने उजुरीको आधारमा अख्तियारले छानबिन गरेको थियो।
सो छानबिनबाट तत्कालीन मेयर उदयकुमार यादव, तत्कालीन उपमेयर शिला देवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीप कुमार भट्टराई रहेका छन्। यस्तै तत्कालीन स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, श्री माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका तत्कालीन प्रअ श्रीकृष्ण भिनवार, नगरपालिकाका तत्कालीन सब इन्जिनियर सरोजकुमार महतो र रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मन्सुर रहेका छन्।
अख्तियारले उनीहरुविरुद्ध १३ लाख ९३ हजार ६८७ रुपैयाँ विगो तोकि त्यसबमोजिम जरिवाना र कैद माग दावी गर्दै मुद्धा दर्ता गरेको हो।