काठमाडौं- चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले दोषी देखाएकाहरुलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ।
शिक्षामन्त्री सुमना श्रेष्ठले कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई लेखी पठाउने र आवश्यक अनुसन्धानका लागि अख्तियारमा पठाउने मन्त्रिस्तरीय निर्णय गरेकी हुन्।
आयोगले कानुनविपरीतका कार्यमा संलग्न अधिकांश अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने सिफारिस समेत गरेको छ भने कतिपयमाथि भ्रष्टाचार मुद्दामा छानबिन हुनुपर्ने भनेको छ। चिकित्सा शिक्षा क्षेत्रमा सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा अनियमितता देखिएको प्रतिवेदनमा उल्लेख छ।
यो पनिःचिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस