काठमाडौं- आयुर्वेद चिकित्सालय नरदेवीको निर्देशकको जिम्मेवारी हेरफेर भएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै आयुर्वेद अस्पताल नरदेवीमा डा रामदेव यादवलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्।
मन्त्री यादवले डा श्यामबाबु यादवलाई आयुर्वेद विभागमा फर्काउँदै डा रामदेवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्। डा रामदेवले सोमबार नै निमित्त निर्देशकको जिम्मेवारी लिएका छन्।
नरदेवी अस्पतालमा ११औं तहका कर्मचारी निर्देशक हुने व्यवस्था रहेको छ। तर पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतले ११औं तहका कर्मचारीलाई हटाएर १०औं तहका डा श्यामबाबुलाई जिम्मेवारी दिएका थिए। हालका मन्त्री यादवले पनि १०औं तहकै वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएका छन्।