काठमाडौं- शहिद दशरथ चन्द चिकित्सा विश्व विद्यालय गेटामा तीन सय बेडको अस्पताल बनाइने भएको छ। सरकारको आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
नीति तथा कार्यक्रममा भनिएको छ, 'तीन सय क्षमताको मेडिकल कलेज प्राज्ञिक कार्यक्रम यसै वर्ष सञ्चालनमा ल्याइनेछ।'
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षबाट एमबीबीएस अध्ययन गराइने पनि बताइएको छ।