काठमाडौं- सरकारले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा बालबालिकामा जन्मजात रुपमा हुने विकलांग वा असाधरण प्रकृतिका अवस्था पहिचान गर्ने सेवा सुरु हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
नीति तथा कार्यक्रम अनुसार प्रसूति गृहमा आगामी आर्थिक वर्षमा उक्त सेवा सुरु हुने छ।
'परोपकार प्रसूति तथा स्त्रीष रोग अस्पतालमा जन्मजात विकलांग वा असाधरण प्रकृतिका अवस्था पहिचान गर्न भ्रूण तथा नवजात शिशु परीक्षण सेवा सुरु गरिनेछ,' नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले जानकारी दिए।