काठमाडौं– स्वास्थ्य सेवा विभागले तातो आलु खेल, रिङ खेलको सेट, असल र खराब व्यवहार, घरमा राख्ने ऐना लगायतका विभिन्न फारम तथा सामग्रीहरु छपाइमा मात्र ८ करोड भन्दा बढी रकम खर्चिएको पाइएको छ।
महालेखा परीक्षणकको प्रतिवेदन अनुसार तातो आलु खेल लगायतका खेलको सेट फारम तथा सामग्री २०८० साल असार मसान्तमा छपाइ गरी ८ करोड १२ लाख ५४ हजार खर्च गरेको पाइएको हो।
तर खरिद गरिएका सामग्रीमध्ये २ करोड १६ लाख १० हजार मूल्यका फारमहरु विभागमै थन्किएर बसेको प्रतिवेदनमा उल्लेख छ।
महालेखाले आवश्यकताको पहिचान नगरी फारामहरु छपाइ गर्ने र मागबेगर नै स्वास्थ्य संस्थाहरुमा पठाउने कार्यक्रमा नियन्त्रण गर्न भनेको छ। महालेखाले यस्तो कार्य प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने सुझाव समेत दिएको छ।
'विभागले यो वर्ष तातो आलु खेल, रिङ खेलको सेट, असल र खराब व्यवहार, घरमा राख्ने ऐना लगायतका विभिन्न फाराम तथा सामग्रीहरू २०८० असार मसान्तमा छपाइ गरी रू. ८ करोड १२ लाख ५४ हजार खर्च गरेको छ । ती सामग्रीहरूमध्ये रू. २ करोड १६ लाख १० हजार मूल्यका फारमहरू विभागमा मौज्दात रहेको छ । आवश्यकताको पहिचान नगरी फारामहरू छपाइ गर्ने र मागबेगर नै स्वास्थ्य संस्थाहरूमा पठाउने कार्यमा नियन्त्रण गरी यस्तो कार्य प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्दछ,' प्रतिवेदनमा भनिएको छ।