काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रणका लागि मन्त्रालयले मातहतका विभाग र महाशाखा तथा केन्द्रहरु मार्फत डेंगुको अवस्थाको निरन्तर निगरानी र पूर्वतयारी तथा प्रतिकार्यका गतिविधिहरू सञ्चालन गरिरहेको बताएका छन्।
प्रतिनिधिसभामा मंगलबार प्रस्तुत डेंगु नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव बारे जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले डेंगुबाट हुने महामारी तथा जोखिम क्षेत्रहरू समयमै पहिचान गरि प्रतिकार्य गर्न इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पूर्व चेतावनी तथा प्रतिवेदन प्रणालीमार्फत डेंगु रोगको नियमितरुपमा सुक्ष्म निगरानी गरिरहेको बताए।
यसैगरी जनस्वास्थ्यको तथा पर्यावरणको अधिकतम हितका लागितथा डेङ्गु को रोकथाम र नियन्त्रणको लागि उपलब्ध उपायहरुको लागत तथा प्रभावकारितालाई मध्यनजर गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रुपमै प्रभावकारी मानिएको “खोज तथा नष्ट अभियान” लाई सक्रियताका साथ संचालन गरिरहेको उनले बताए।
मन्त्री पौडेलले वर्षातको समयमा आउन सक्ने डेंगु लगायत अन्य स्वास्थ्य विपदहरुको पूर्व तयारी तथा प्रतिकार्यका लागिसवै प्रदेश,जिल्ला तथा स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति तथा तालिम प्राप्त द्रुत प्रतिकार्य टोलीहरुलाई तयारी अवस्थामा राखी आवश्यकता अनुरुप परिचालनको व्यवस्था मिलाईएको पनि जानकारी दिए।
उनले चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको सिफारिशमा डेंगु रोगको निशुल्क परिक्षण गरिदै आएको छ। मनसुनसँगै डेंगुको संख्यामा बृद्धी हुँदैजाने र द्रुत परिक्षण कीटको माग अत्याधिक हुने हुँदा सोको मागलाई सम्बोधन गर्न तथा अपुग कीटहरुको खरिद तथा व्यवस्थापनका लागि प्रदेशमा समेत आवश्यक श्रोत सुनिश्चित गरिएको समेत बताए।
मनसुनसँगै डेंगुको सङ्ख्यामा वृद्धि हुँदै जाने र द्रुत परीक्षण कीटको माग अत्यधिक हुनेहुँदा उक्त मागलाई सम्बोधन गर्न तथा अपुग कीट खरिद तथा व्यवस्थापनका लागि प्रदेशमा समेत आवश्यक स्रोत सुनिश्चित गरिएको मन्त्री पौडेलको भनाइ छ।
“डेंगुबाट हुने मृत्युको जोखिम कम गर्न निजी तथा सरकारी अस्पतालका आठ सयभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरिएको छ”, मन्त्री पौडेलले भने,“पछिल्लो छ महिनामा ७३ जिल्लामा एक हजार आठ सयभन्दा बढी डेंगुबाट सङ्क्रमित भएका छन् । यसविरुद्ध सचेतता अपनाउन आवश्यक छ।”
प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रतिमा गौतमले उक्त प्रस्ताव प्रस्तुत गरिन्।
प्रस्तावमा डेंगुको प्रकोपका कारण अस्पतालमा गम्भीर अवस्थाका बिरामी भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहोल उत्पन्न भएकाले डेंगुको प्रभावकारी नियन्त्रणका एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन माग गरिएको छ।
उक्त प्रस्तावमाथि सांसदहरु कुसुमदेवी थापा, सपना राजभण्डारी, सीता मिजार र लीलादेवी बोखिम लिम्बूले समर्थन गरे।
सो प्रस्तावमाथिको छलफलमा सांसद विराजभक्त श्रेष्ठ, ऋषिकेश पोखरेल, योगेशकुमार भट्टराई, सञ्जयकुमार गौतम, राजेन्द्रकुमार केसी, असिम साह, सुशीला श्रीपाली ठकुरी, डा तोसिमा कार्की, उर्मिला माझी, अशोककुमार चौधरी, ठाकुरप्रसाद गैरे, सीताकुमारी राना, निशा डाँगी र रामकृष्ण यादवले डेंगुको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन आग्रह गरे।
हेरौ जवाफको पूर्णपाठ
नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको प्रकोपले स्वास्थ्य तथा जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको छ। विगतका दुई वर्ष यता मनसुनसँगै डेंगु संक्रमितहरुको संख्यामा बृद्धि भई कतिपय जिल्लाहरुमा प्रकोपको रुपमा देखापरिरहेको छ। बिगत छ महिना (सन् २०२४ को जनवरी देखि) यता पनि ७३ वटा जिल्लाहरुबाट १८ सय भन्दा बढी डेंगु संक्रमितहरु प्रतिवेदन भईसकेको छ। यद्दपी यस अवधिसम्म डेंगुकै कारण कुनै मृत्युभने भएको छैन। हालको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा बिरामीहरुको संख्यामा खासै उल्लेख्य बृद्धी भएकोदेखिएको छैन, तथापी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका विभागर महाशाखा तथा केन्द्रहरु मार्फत डेंगुको अवस्थाको निरन्तर निगरानी र पूर्वतयारी तथा प्रतिकार्यका गतिविधिहरू सञ्चालन गरिरहेको छ।
बिगतको सिकाई र हालको अवस्थालाई मध्यनजर गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको रोकथाम तथा नियन्त्रण गर्न( लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई चुस्त दुरुस्त बनाउने र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्नेदुई प्रमुख रणनितीमा काम गरिरहेको छ। यसका लागि भएगरेका कार्यहरु तथा आगामी योजनाहरु यस प्रकार रहेको छः
१ संघ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्द निकायहरुले गर्नुपर्ने क्रियाकलापहरु सहितको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ तयार तथा स्वीकृत भईयसको कार्यान्वयनका लागि ७ वटै प्रदेश र सबै स्थानीय तहमा पठाईसकिएको छ र यसको कार्यान्वयनका लागि समन्वय तथा निगरानी स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत निरन्तर रुपमा भईरहेको छ।
२ डेंगु रोग रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमाराष्ट्रिय डेंगु टास्क फोर्स गठन भइ क्रियाशील अवस्थामा रहेको छ।
३ डेंगुबाट हुने महामारी तथा जोखिम क्षेत्रहरू समयमै पहिचान गरि प्रतिकार्य गर्न इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पूर्व चेतावनी तथा प्रतिवेदन प्रणालीमार्फत डेंगु रोगको नियमितरुपमा सुक्ष्म निगरानी गरिरहेको छ। बिरामीको प्रतिवेदन भईरहेका स्थानीय तहहरूलाई तत्कालै सूचित गरिसमयमै कीटनियन्त्रणका उपायहरू अवलम्बन गर्न र केस व्यवस्थापनको लागि तयारी बढाउन आवश्यक समन्वयका कार्यहरु निरन्तर रुपमा भईरहेको छ।
४ जनस्वास्थ्यको तथा पर्यावरणको अधिकतम हितका लागितथा डेङ्गु को रोकथाम र नियन्त्रणको लागि उपलब्ध उपायहरुको लागत तथा प्रभावकारितालाई मध्यनजर गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रुपमै प्रभावकारी मानिएको र सिफारिस गरिएकोूखोज तथा नष्टू९स्थिर पानीका श्रोत खोज्ने, सफारनष्ट गर्ने०गर्ने अभियानलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्दै आइरहेको छ।सोही अनुसार डेंगु रोग प्रतिवेदन भएका स्थानीय तहहरुमा “खोज तथा नष्ट अभियान” लाई सक्रियता का साथ संचालन गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत पत्राचार भई आवश्यक समन्वय भईरहेको छ।स्थानीय तह मार्फत बहुनिकायको सहकार्यमा खोज तथा नष्ट अभियान”लाई व्यापकरुपमासंचालनगर्न यस आर्थिक वर्षका लागिस्थानीय तहमा ७ करोड ९८ लाख रकम बिनियोजन गरिएको छ। साथै ७७ वटै जिल्लाहरुमा पनि करिव २ करोड बजेट विनियोजन गरिएको छ जुन विगतका वर्षहरुमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि गरिएको विनियोजनको तुलनामा उत्साहजनक रकम हो।
५ वर्षातको समयमा आउन सक्ने डेंगु लगायत अन्य स्वास्थ्य विपदहरुको पूर्व तयारी तथा प्रतिकार्यका लागिसवै प्रदेश,जिल्ला तथा स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति तथा तालिम प्राप्तद्रुत प्रतिकार्य टोलीहरुलाई तयारी अवस्थामाराखी आवश्यकता अनुरुप परिचालनको व्यवस्था मिलाईएको छ।
६ डेंगुबाट हुने मृत्युको जोखिमलाइ कम गर्नका लागि, देशभर बाट उपचारमा संलग्न विभिन्न निजि तथा सरकारी अस्पतालहरुका ८०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरिअस्पतालहरुलाई तयारी हालतमा राखिएको छ।थप चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिबृद्धी गर्ने कार्य नियमित रुपमा भईरहेको छ।
७ डेंगु रोगको स्क्रिनिङ्गका लागि डेंगु आवश्यक परिक्षण कीटको व्यवस्थापन गरि मौज्दात राखिएको छ।चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको सिफारिशमा डेंगु रोगको निशुल्क परिक्षण गरिदै आएको छ। मनसुनसँगै डेंगुको संख्यामा बृद्धी हुँदैजाने र द्रुत परिक्षण कीटको माग अत्याधिक हुने हुँदा सोको मागलाई सम्बोधन गर्न तथा अपुग कीटहरुको खरिद तथा व्यवस्थापनका लागि प्रदेशमा समेत आवश्यक श्रोत सुनिश्चित गरिएको छ।
८ संक्रमण उच्च रहेककाजिल्लाका अस्पतालहरुबाट बिरामीहरुको रक्तनमुना संकलन गरि राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला मार्फत डेंगु भाइरसको सेरोटाईपिङ हुने गरेको छ।सेरोटाईपिङले डेंगु रोगका कारण हुनसक्ने जटिलताकाको आंकलनका लागि महत्वपूर्ण सूचना प्रदान गर्ने हुँदा पूर्वतयारीका कार्यहरु प्राथमिकीकरण गर्न सहज हुनेगर्दछ, तसर्थ चालु आर्थिक वर्षमा पनि यस कार्यलाइ निरन्तरता दिने योजना रहेको छ।
९ डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि डेंगु सार्ने एडिज जातको लामखुट्टेको नियमित निगरानी तथा नियन्त्रण अत्यन्तै महतवपूर्ण रहन्छ।डेंगु लगायत औलो, कालाजार, हात्तीपाईले जस्ताअन्य कीटजन्य रोगहरु सार्ने लामखुट्टे तथा अन्य कीटहरुको आवधिक निगरानीका लागि गत वर्षनै सातै प्रदेशका स्वास्थ्य निर्देशनालयर स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गत रहने गरि इन्टोमोलोगिकल ल्याब स्थापना भई सातै प्रदेशका तोकिएका सेन्टिनेल साइटमाएकिकृत तथा एकल भेक्टर सर्भिलेन्सका कार्यहरु थालनी भई विभिन्न जिल्लामा एडीज लामखुट्टेको अवस्थिति तथा घनत्वको तथ्यांक संकलन भईरहेको छ। सोही तथ्यांकका आधारमा प्राथमिकता तथा सम्भावित जोखिम क्षेत्रहरु पहिचान गरी कीट नियन्त्रका कार्यहरु संचालन भइरहेको छ। यद्यपि कीटविज्ञ तथा यसमा दखल राख्ने स्वास्थ्यकर्मीहरुको अभावका कारण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी गतिविधिहरूलाई थप जिल्लाहरूमा विस्तार गर्न चुनौतीहरूको सामना गरिरहेको छ।
१० संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, र सातै प्रदेशका स्वास्थ्य हेर्ने बिषयगत मन्त्रालय र स्वास्थ्य सम्बन्धी निकायहरुबीच डेंगु रोगको अवस्थाको पुनरावलोकल तथा यसको रोकथाम तथा नियन्त्रण, पूर्वतयारी तथा प्रतिकार्यका सम्बन्धमा भईरहेका तयारीका सम्बन्धमा नियमित रुपमासमिक्षा तथा छलफलहुने गरेको छ।
११ गत वर्ष वर्षमा डेंगुका बिरामीहरु अत्याधिक देखिएका जिल्लाहरु ९सुनसरी, तनहुँ, झापा, धादिङ, कास्की, लगायत १३जिल्लाका १२६ वटा स्थानीय तहका प्रमुखरउप(प्रमुख, स्वास्थ्य संयोजक तथा सरोकारवालाहरु संगप्रत्यक्षरुपमा अन्तरक्रिया गरी डेंगु प्रतिकार्यकाअल्प तथा दिर्घकालीन योजना तथा निति निर्माण सम्बन्धमा छलफल अघि बढाईएको छ।यी कार्यहरुलाई यस आर्थिक वर्षमा समेत निरन्तरता दिईएको छ।केही प्रदेशहरुमा माननीय मुख्य मन्त्रीको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधीहरुलाई डेंगुका बारेमा जानकारी तथा यसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सुझावप्रदान गरिएको छ।
१२ बिभिन्न पेशागत संघ संगठनहरु जस्तै अटो(मेकानिक एसोसियसन नेपाल, नेपाल रिकलेक्टर्स एण्ड रिसाइक्लर्स एसोसियसन, विद्यालय अर्गनाइजेशनहरु, तथा मिडीया क्षेत्र संगको पैरवी मार्फत मातहतका संघ(संगठन लाइ डेंगु रोग रोकथाम तथा नियन्त्रणमा परिचालन गर्न संघ, प्रदेश तथा स्थानीय तहका स्वास्थ्य सम्बद्ध निकायहरु मार्फत समन्वय तथा सहजीकरण भईरहेको छ।
१३ सचेतना अभिबृद्धीका लागि राष्ट्रिय स्वास्थ्यशिक्षा, सुचना तथा संचार केन्द्र मार्फत नेपाली भाषा लगायत थप १२ वटा राष्ट्रीयरभाषामा डेंगु सम्बन्धी रेडियो सन्देश प्रशारण भईरहेको छन्।साथै डेंगु सम्बन्धी सुचना समाग्रीहरु छपाई गरि स्थानीय स्वास्थ्य संस्था मार्फत नागरिक तहसम्म सम्प्रेषण गर्ने कार्य भईरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन मार्फत, साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रीय स्वास्थ्यशिक्षा, सुचनातथा संचार केन्द्र लगायतका सामाजिक संजालमार्फत समेत डेंगु सम्बन्धि सन्देशमुलक भिडियो र सूचना सामाग्रीहरुको नियमित प्रशारण गरिजोखिम संचारको व्यवस्था मिलाईएको छ।