काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकाका केही भागमा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपतकाली घोषणा गरेको छ। संगठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयका रुपमा उल्लेख गरेको छ।
अफ्रिकाकको कंगोबाट रोगको सुरुवात भएको थियो। हालसम्म ४५० जनाको ज्यान गइसकेको बताइएको छ। अहिले मध्ये तथा पूर्वी अफ्रिकामा फैलिरहेको छ।
डडब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका बाहिर पनि यो फेलिने विषयमा चिन्ता व्यक्त गरेका छन्। उनले भने, 'अन्तर्राष्ट्रियस्तरको सहयोगबाट यो रोगबाट जोगाउन र रोक्न सकिन्छ।'
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा मन्कीपक्स (एमपक्स) को वृद्धिलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय गर्न बुधबार विज्ञहरूको बैठक गरेको थियो।
प्रकोप बढेसँगै अफ्रिकी सङ्घले आफ्नो क्षेत्रमा सार्वजनिक स्वास्थ्य आपतकालिन घोषणा गरेपछि १६ अन्तर्राष्ट्रिय विज्ञहरूको भेला भएको थियो।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा व्यापक फैलिएको छ, जहाँ पहिले मन्कीपक्स भनिने भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीबाट अन्य देशहरूमा फैलिएका छ ।
यस वर्ष कङ्गोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केसहरू र ५२४ जनाको मृत्यु भएको जनाएको छ ।
मंकीपक्स सन १९५८ मा बाँदर प्रजातिमा पहिलो पटक देखिएको थियो। यो हेर्दा बिफर , ठेउला जस्तो देखिने रोग हो। यो मंकीपक्स भन्ने भाइरस ले गराउँछ। यो अफ्रिकी मुलुकमा १९७० देखि नै देखिराखेको भाइरस हो। त्यो बेलादेखि २०१७ सम्म सोही मुलुकहरुमा पटक पटक आउटब्रेक भएको देखिन्छ। सन् २००३ मा मात्र यो पहिलो पटक आफ्रिकी मुलुक बाहिर अमेरिकामा देखियो।
त्यसपछि क्रमस २०२१ सम्म पटक पटक इजरायलका साथै बेलायत, अमेरिका, सिङ्गापुरहरुमा फैलिँदै गयो। २०२१ सम्म यी मुलुकमा फैलेको मंकीपक्स अफ्रिकी मुलुकबाट अएका मानिस वा जनावरको सम्पर्कले भएको थियो भने अहिले २०२२ मा अफ्रिकी मुलुकको सम्पर्क बिना नै २० देशका २०० जनामा फैलिसकेको थियो।
मुसा, बाँदर, गिल्हरी जस्ता जनावरहरुमा यो भाइरस बस्ने गर्दछ र यी जनावरहरुको सम्पर्कमा आउँदा यो रोग सर्न सक्छ। श्वासप्रश्वास, संक्रमित छालाको सम्पर्कले मानिसदेखि मानिसमा पनि यो रोग सर्न सक्छ। त्यसैगरी गर्भवती आमादेखि बच्चामा पनि सर्न सक्छ।
संक्रमण भएको ५ देखी २१ दिन सम्ममा लक्षण देखिन सक्छ। पहिले काम ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटी, काखीहरुमा गिर्खा आउने हुन्छ। त्यसपछि छालामा विभिन्न प्रकारका बिबिराहरु आउने हुन्छ। जुन पहिला मुखबाट सुरु भएर बिस्तारै शरीर भरि, हत्केला र पैताला, गोप्य अङग, मुखभित्र र आखाभित्र पनि फैलिन्छ। डाबरको प्रकार हेर्ने हो भने पहिला रातो रातो हुन्छ अनि घमौरा जस्तो उठेको हुन्छ।
यो रोग नियन्त्रणका लागि डब्ल्यूएचओ विशेषज्ञहरूले दुईवटा खोपहरू सिफारिस गरेका छन् ।