१. आइरनको स्तर जाँच गर्नुहोस्
शरिरमा आइरनको कमीलाइ थकान र अनिद्राको कारण मानिन्छ। विशेष गरी बच्चाहरू, किशोरीहरू, गर्भवती महिलाहरू, खेलाडीहरू, शाकाहारीहरू, र बारम्बार रगतदान गर्नेहरूमा आइरनको कमी हुने सम्भावना बढी हुन्छ।
o मासु, माछा, गेडागुडी, हरियो सागसब्जी र भिटामिन सीयुक्त खानेकुरा सेवन गर्दा आइरनको स्तर राम्रो रहन्छ।
o यदि तपाईंले लामोसमयदेखि थकानको महसुस गरिरहनुभएको छ भने भने, फेरिटिन वा हेमोग्लोबिनको परीक्षण गर्न डाक्टरसँग परामर्श लिनुहोस्।
२. स्वस्थ आहार ग्रहण गर्नुहोस्
अध्ययनहरूले देखाएको छ कि फलफूल र तरकारी बढी खाने व्यक्तिहरूको निद्रा राम्रो हुन्छ, जबकि फास्ट फुड र चिनी धेरै भएको पेय पदार्थहरू सेवन गर्नेहरूको निद्रामा समस्या हुन्छ।
o मेडिटेरेनियन डाइट (फलफूल, तरकारी, गेडागुडी, नट्स, साबुत अन्न, कम फ्याट भएका दुग्धजन्य पदार्थ) अपनाउनु लाभदायक हुनसक्छ।
o हरियो सागसब्जीमा पाइने भिटामिन ए, सी, तथा आइरनजस्ता खनिजहरूले निद्रामा सुधार ल्याउँछ।
३. नियमित रूपमा व्यायाम गर्नुहोस्
o दैनिक हल्का व्यायाम, जस्तै हिंड्नु, योग गर्नु, वा कार्डियो एक्सरसाइज गर्नु, निद्रा राम्रो बनाउन मद्दत गर्छ।
o हप्तामा कम्तीमा तीन दिन व्यायाम गर्नु बढी प्रभावकारी देखिएको छ।
o राति सुत्नुभन्दा दुई घण्टा अघि हल्का व्यायाम गर्दा निद्रामा असर पर्दैन।
४. मदिरा र धूम्रपान त्याग्नुहोस्
o धुम्रपान अनिद्रासँग जोडिएको छ, जसले हल्का निद्रा र थकानको समस्या निम्त्याउन सक्छ।
o मदिराले सुरुवातमा निद्रा ल्याए पनि, रातभर राम्रो निद्रा आउँदैन र निद्रा चक्र बिगार्छ।
५. नियमित रूपमा बिहानको खाजा खानुहोस्
o बिहानको खाजा नियमित खाने गर्नाले शारीरिक र मानसिक ऊर्जा बढ्छ।
o नियमित रूपमा खाजा खानेहरू कम थकानको महसुस गर्छन्।
o एक निश्चित समयमा खानपान गर्दा शरीरको जैविक घडी (बडी क्लक) सन्तुलित रहन्छ।