काठमाडौं - अमेरिकामा वर्षेनी २० अर्ब डिस्पोजेबल मेन्स्ट्रुअल उत्पादन फ्याकिन्छन्। जबकी महिनावारीका समयमा पुनःप्रयोग गर्न सकिने विभिन्न सामग्रीहरु बजारमा उपलब्ध छन्। पुनःप्रयोग गर्न सकिने सामग्रीहरुमा प्याड, पिरियड पेन्टी र मेन्स्ट्रुअल कप पर्दछन्।
यहाँ हामी महिनावारीका समयमा कुन सामग्री सबैभन्दा धेरै टिकाउ र सुरक्षित छन् भन्ने बारेमा चर्चा गर्दैछौ। साथै यी सामग्रीमध्य पर्यावरणका लागि पनि कुन ठिक भन्ने बारेमा उल्लेख गर्नेछौ। अहिले पनि युरोपमा वर्षेनी ४९ अर्बको सिंगल युज (एक पटक मात्र प्रयोग गर्न सकिने) खालको प्याड प्रयोग हुन्छ। अमेरिकामा वर्षेनी फ्याकिने २० अर्ब पिरियड उत्पादनबाट २ लाख ४० हजार टनको फोहोर उत्पन्न हुन्छ।
डिस्पोजल स्यानिटरी प्याडको प्रयोग विश्वभरी नै सबैभन्दा धेरै हुन्छ। यो स्यानिटरी प्याड ९० प्रतिशत प्लाष्टिकले बनेका हुन्छन्। विश्वभर प्रत्येक महिना १ दशमलव ८ अर्ब महिला महिनावारी हुन्छन्। यसैलाई मध्यनजर गरी फ्रान्स र अमेरिकाका वैज्ञानिकले चार किसिमको मेन्स्ट्रुअल उत्पादनको अध्ययन गरे। ती हुन् :
एक, डिस्पोजेबल (पुनःप्रयोग गर्न नमिल्ने) प्याड र ट्याम्पोन, जसमा अर्गानिक र नन अर्गानिक दुवै पर्दछन्।
दोस्रो, रियुजेबल (पुनः प्रयोग गर्न सकिने) प्याड
तेस्रो, पिरियड पेन्टी (रगत सोस्ने खालको विशेष अण्डरवियर)
र, चौथो, मेन्स्ट्रुअल कप, यो नरम सिलिकन या रबरबाट बनेको हुन्छ। यो कपले करिब २० देखि ३० एमएल रगतलाई रोक्न सक्छ।
यस अध्ययनमा पर्यावरणमा पर्ने आठ किसिमको प्रभावको पनि तुलना गरिएको छ। जस्तै, ग्लोबल वार्मिंग, जमीन र पानीको खपत, क्यान्सर हुने खतरा, पर्यावरणमा पर्ने नोक्सान, एसिडिटी र जल प्रदूषण।
फ्रान्स, भारत र अमेरिकामा एक वर्षससम्म यो अध्ययन गरिएको थियो। महिनावारीमा प्रयोग हुने सामग्रीको उत्पादनदेखि फ्याकिने अवधिसम्मको असरलाई मापन अध्ययनमा गरिएको थियो।
यी तीन देशमा गरिएको अध्ययनबाट सबैभन्दा राम्रो विकल्प मेन्स्ट्रुअल कप भएको भेटिएको थियो। यसपछि पिरियड पेन्टी, पुनःप्रयोग गर्न सकिने प्याड पनि राम्रो भएको र पर्यावरणमा कम प्रभाव पार्ने भेटिएको थियो। अन्त्यमा एक पटक प्रयोग गर्न सकिने स्यानिटरी प्याड र ट्याम्पोन छन्।
सानो र हलुवा तौल भएका मेन्स्ट्रुअल कपलाई १० वर्षसम्म प्रयोग गर्न सकिन्छ। अर्गानिक/नन अर्गानिक डिस्पोजेलब प्याड दुवैले पर्यावरणमा निकै नोक्सान पु¥याउने गरेको अध्ययनमा पाइएको छ। ग्लोबल वार्मिंगको मुख्य कारण नै यसको उत्पादन प्रक्रिया हो। जसमा आधाभन्दा बढी उत्पादन पोलीएथिलीन (एक पेट्रोलियम बेस्ड प्लास्टिक) को कारणबाट हुने गर्दछ। अर्गानिक कटन (कपास) प्याडले पाँच कुरामा सबैभन्दा बढी पर्यावरणमा हानी गरेको छ।
अध्ययनकी सह लेखिका एवं माइन्स पेरिस पीएसएल युनिभर्सिटीकी रिसर्चर मेलानी डूजिच भन्छिन्, ‘यसको असर धेरैजसो उत्पादन र अर्गानिक उत्पादनसँग जोडिएका छन्। जसको धेरै प्रभाव पर्यावरणमा पर्न सक्छ।’
अर्गानिक खेतीको उत्पादन पारम्पकि खेतीको तुलनामा कम हुने गर्दछ। जसमा समान मात्रामा कपास उत्पादनका लागि धेरै पानी र जमिनको आवश्यक पर्दछ। सोही कुरा अर्गानिक र नन अर्गानिक ट्याम्पोनमा पनि लागू हुन्छ।
मेलानी डूजिच बताउँछिन्, ‘डिस्पोजेबल प्रोडक्ट्समा कच्चा समानको उत्पादन र म्यानुफ्याक्चरिंगले सबैभन्दा धेरै असर पार्दछ। किनभने यसमा प्लास्टिक हुन्छ। जसले ग्लोबल वार्मिंग बढाउँछ।’
रियुजेबल प्रोडक्ट्सलाई पुनः प्रयोग गर्नुअघि यसलाई सफा गर्न पानी र बिजुलीको आवश्यक पर्दछ। तर पीरियड पेन्टी, रियुजेबल प्याडको तुलनामा राम्रो भेटियो। किनभने यो प्याड नभए अरु कुनै अण्डरवियर लगाउन र धुन पर्छ नै।
डूजिच थप्छिन्, ‘मेन्स्ट्रुअल कप राम्रो विकल्प भएपनि पीरियड पेन्टी पनि पर्यावरणको लागि एक राम्रो विकल्प हो। किनभने यसको नोक्सान कम छ।’
यो अध्ययनमा प्लास्टिक प्रदूषणलाई पनि सहभागी गराइएको छैन। तर अध्ययन अनुसार हरेक प्याडमा एक ¥यापर, विंग्स र टाँसिन खालको हिस्सा हुन्छ। जो करिब दुई ग्राम नन बायोडिग्रेडेबल प्लास्टिक पर्यावरणमा जाने गर्दछ। यो प्लास्टिक चार पोलोथिन झोला बराबर हुन्छ। जसलाई विघटन हुन नै पाँच सयदेखि आठ सय वर्षसम्म लाग्छ।
– बीबीसी हिन्दीबाट साभार