मानिसहरूले दाँतको उपचारबारे आधा-अधुरा जानकारीका भरमा निर्णय लिन हुँदैन। समस्या झनै जटिल हुन सक्छ। यस लेखमा दन्त चिकित्सासम्बन्धी दसवटा प्रमुख भ्रमहरू र तिनको वास्तविकता प्रस्तुत गरिएको छ। पाठकहरूको सचेतना हाम्रो मुख्य उद्देश्य हो।
१. भ्रम: दन्त चिकित्सकहरू केवल दाँतसँग सम्बन्धित हुन्छन्।
तथ्य: दन्त चिकित्सा केवल दाँत मात्र होइन, सम्पूर्ण मुख स्वास्थ्य, शिर र घाँटी क्षेत्रको बनावट (एनाटोमी), रोगहरूको अध्ययन र तिनीहरूको सम्पूर्ण शरीरसँगको सम्बन्धको अध्ययन पनि हो।
त्यसैले हामीलाई केवल दाँतको बारेमा मात्र शिक्षा दिइन्छ भन्ने सोच्नु गलत हो।
२. भ्रम: दाँत निकाल्नु: अचुक उपाय
तथ्य: शरीरको अरु अङ्ग जस्तै दाँत पनि उत्तिकै महत्वपूर्ण अङ्ग हो। आफ्नो अङ्गको तुलना कुनै पनि कृत्रिम वस्तु सँग गर्न सकिँदैन। कुनै पनि कृत्रिम दाँत हाम्रो प्राकृतिक दाँत जस्तो हुँदैन। त्यसैले सकेसम्म दाँत बचाउनु नै उत्तम हो।
३. भ्रम: क्लिनिकमा गएर उपचार गरेको, डाक्टर नै होलान्।
तथ्य:
⁎ बजारमा भएका धेरै क्लिनिकमा सबै डाक्टर हुँदैनन्।
⁎ डाक्टरका सहायकले कुनै सरल, साधारण उपचार गर्न मिल्छ तर जटिल उपचारहरु भने चिकित्सकले नै गर्छन्।
⁎ तर अनैतिक, गैरकानूनी ढंगले क्लिनिक चलिरहेको नि प्रशस्त देखिएको छ। चिकित्सकले नभई सबै उपचार सहायकले र ढोंगीहरु (quacks) गर्छन्।
⁎ यदि उपचार गर्दै हुनुहुन्छ भने, उपचार कता, कसले र कसरी गर्दै हुनुहुन्छ भन्ने जानकारी पाउनु बिरामीको अधिकार हो।
⁎ सबै जानेर बुझेर चिकित्सकको सल्लाह लिएर मात्र उपचार गर्नु होला।
४. भ्रम: सेतो दाँत, स्वस्थ दाँत

५. भ्रम: बच्चाको दाँत त झरिहाल्छ, त्यसैले यसको हेरचाह गर्नु पर्दैन।
तथ्य:
⁎ दूधे दाँतले स्थायी दाँतको मार्गनिर्देशन गर्छ। दूधे दाँत समय भन्दा पहिले निकाल्यौ भने अरू छेउछाउका दाँत सर्ने र पछि आउने दाँतलाई ठाउँ नपुग्ने, बाङ्गोटिङ्गो आउने जस्ता अनेक समस्या आउन सक्छ।
⁎ पछि यी दाँत झर्ने त हुन् भनेर बेवास्ता गर्नुहुँदैन।
⁎ दूधे दाँतको सरसफाई, सुरक्षा एवम् कुनै रोगको लक्षण देखिएमा समयमा जाँच गर्नु र उपचार गर्नु पनि अभिभावकको महत्वपूर्ण जिम्मेवारी हो।
६. भ्रम: दाँत केही भाको त छैन, किन डेन्टिस्टकहाँ जानु!
तथ्य:

तथ्य:
⁎ धेरैजसो दाँतमा किरा लाग्ने समस्याहरू सुरुवातमा पीडारहित हुन्छ, नियमित जाँचबाट मात्र पत्ता लाग्छ।
⁎ मुख स्वस्थ राख्न नियमित रूपमा जाँच गराउनु आवश्यक हुन्छ। हामीले कम्तीमा प्रत्येक ६ महिनामा एकपटक आफ्नो सम्पूर्ण मुखको स्वास्थ्य परीक्षण गराउनु पर्छ।
३. भ्रम: कडा ब्रशले गिजा र दाँत बलियो हुन्छ।
तथ्य:
⁎ मुखको सरसफाई भन्नुको अर्थ केवल ब्रस गर्नु मात्र होइन। हामीले दाँत, जिब्रो, गिजा लगायत मुखको सबै भागको हेरविचार गर्नुपर्छ।
⁎ दाँत र गिजा सफा राख्न नरम ब्रस र दाँतलाई सफा गर्ने धागो (dental floss) प्रयोग गर्न सकिन्छ।
⁎ ब्रसको पछाडिको भागले धेरै बल प्रयोग नगरी जिब्रोमा रहेको फोहोरहरु मज्जाले सफा गर्न सकिन्छ।
⁎ कडा ब्रशले गिजा र दाँतलाई क्षति पुर्याउन सक्छ। बेस्सरी फोहोर सफा गर्न खोज्दा उल्टै दाँत घोटिएला है।
८. भ्रम: गिजाबाट रगत आउनु सामान्य कुरा हो।

९. भ्रम: माउथवाशले ब्रश नगरीकन नै सफा गर्छ।
तथ्य:
⁎ बजारमा अनेक थरी माउथवाश पाइन्छ। माउथवाश सहायक मात्र हो, ब्रश र फ्लस अनिवार्य
छन्।
⁎ यदि कसैले ब्रस, फ्लस गर्न सक्दैन भने (जस्तै कि दुर्घटनामा परेका बिरामी, शारीरिक रूपले
अशक्त व्यक्तिहरु) उनीहरूको मुख स्वास्थ्यका लागि चिकित्सकले माउथवाश दिन सक्छन्।
⁎ अन्यथा ब्रस फ्लस गर्न सक्ने अवस्थामा माउथवाश उपयोग गर्न आवश्यक पर्दैन।
१०. भ्रम: दाँत निकाल्दा अन्धो भइन्छ कि?

दन्त स्वास्थ्य केवल दाँतसम्म सीमित नभई समग्र शारीरिक स्वास्थ्यसँग जोडिएको छ। आउनुहोस्, यी भ्रमहरूलाई चिर्दै सचेत र जिम्मेवार बनौं।
दन्त स्वास्थ्य केवल दाँतसम्म सीमित नभई समग्र शारीरिक स्वास्थ्यसँग जोडिएको छ। आउनुहोस्, यी भ्रमहरूलाई चिर्दै सचेत र जिम्मेवार बनौं।