विश्वव्यापी सन्दर्भ: क्लिनिकल फार्मेसी किन अपरिहार्य छ?
विश्वभर फार्मेसी पेशा पछिल्ला दशकहरूमा मौलिक रूपमा परिवर्तन भइरहेको छ। औषधि वितरणमा केन्द्रित परम्परागत भूमिकाबाट अगाडि बढ्दै, फार्मासिस्टहरू अब बिरामी हेरचाहको अभिन्न सदस्यका रूपमा स्थापित भइसकेका छन्। अन्तर्राष्ट्रिय औषधि महासंघ (एफआईपी) ले सन् २०२५ मा प्रकाशित ग्लोबल सिच्योसन रिपोर्ट अन फार्मेसीले विश्वभरका ५५ लाखभन्दा बढी फार्मासिस्ट र फार्मास्युटिकल वैज्ञानिकहरूको भूमिका विस्तार भइरहेको तथ्य प्रस्तुत गरेको छ। एफआईपी वर्ल्ड कंग्रेस २०२५ को विषयवस्तु नै 'फार्मेसी फर्वार्ड: पर्फरमेन्स, कोल्याबोरेसन एन्ड हेल्थ ट्रान्सफरमेसन' रहेकोले यो पेशा अब केवल औषधि वितरण (डिस्पेन्सिङ) मा सीमित नरहेको स्पष्ट हुन्छ।
अमेरिका कलेज अफ क्लिनिकल फार्मेसीले क्लिनिकल फार्मेसीलाई बिरामीको औषधि उपचारलाई अनुकूलन गर्ने र स्वास्थ्य प्रवर्द्धन गर्ने स्वास्थ्य विज्ञान विधाका रूपमा परिभाषित गरेको छ। Joint FIP/WHO Guidelines on Good Pharmacy Practice ले प्रत्येक देशमा फार्मासिस्ट-led patient care का लागि न्यूनतम राष्ट्रिय मापदण्ड स्थापित गर्नुपर्ने जोड दिएको छ। अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, जर्मनीजस्ता विकसित देशहरूमा क्लिनिक फार्मासिस्ट अस्पतालको मल्टिडिसिपिलिनरी टिमको अनिवार्य सदस्य हुन्। यही मापदण्ड अब विकासशील देशहरूमा पनि अपनाउनुपर्ने अन्तर्राष्ट्रिय आवाज बलियो भइरहेको छ।
एफआईपीले फार्मासिस्टको भूमिका खोप, नसर्ने रोगको व्यवस्थापन, एन्टीमाइक्रोबियल स्टेवार्डसिप, डिजिटल हेल्थ, फार्माकोजेनोमिक्स र आर्टिफिसियल इन्टेलिजेन्समा पनि विस्तार भइरहेको औंल्याएको छ। FIP Development Goals अन्तर्गत workforce development, competency-based education र practice transformation लाई प्राथमिकतामा राखिएको छ। नेपालले यी विश्वव्यापी प्रवृत्तिहरूबाट सिक्नुपर्ने र आफ्नो फार्मेसी क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुनर्संरचना गर्नुपर्ने समय आइसकेको छ।
नेपालको सन्दर्भ: पृष्ठभूमि
नेपालको स्वास्थ्य क्षेत्रमा औषधिको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। तर औषधि प्रयोग, वितरण र व्यवस्थापनमा रहेका गम्भीर कमजोरीहरूले बिरामीको सुरक्षा र उपचारको गुणस्तरमा प्रत्यक्ष असर पारिरहेको छ। नेपालमा हाल करिब १५,९११ जना फार्मासिस्ट र ८,०५३ जना एसिस्टेन्ट फार्मासिस्ट उपलब्ध छन्, तर उनीहरूको दक्षता बिरामी-केन्द्रित सेवामा प्रयोग हुन सकेको छैन। अन्तर्राष्ट्रिय प्रमाणहरूले क्लिनिकल फार्मासिस्ट को समावेशले treatment outcome सुधार हुने, hospital stay घट्ने र स्वास्थ्य खर्च कम हुने देखाएका छन्। यसर्थ, क्लिनिकल फार्मासिस्टलाई स्वास्थ्य प्रणालीको अनिवार्य अंगका रूपमा स्थापित गर्नु समयको माग हो।
नेपालमा क्लिनिकल फार्मेसीको वर्तमान अवस्था
नेपालमा अस्पताल फार्मेसी सेवा सन् १९५६ मा सन्तभवन अस्पताल (हाल पाटन अस्पताल) बाट सुरु भएको थियो। त्यसपछि तानसेन मिसन अस्पताल, कान्ति अस्पताल र वीर अस्पतालले यसलाई निरन्तरता दिए। हालका वर्षहरूमा काठमाडौं क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, मेडिसिटी अस्पताल, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, जस्ता निजी अस्पतालहरूले पनि क्लिनिकल फार्मेसी सेवा सुरु गरेका छन्। तर समग्रमा यी अस्पतालहरूमा कार्यरत क्लिनिकल फार्मासिस्टहरूको सङ्ख्या अत्यन्त न्यून छ र उनीहरू प्रायः खरिद, वितरण र भण्डारण व्यवस्थापनजस्ता परम्परागत कामहरूमा नै संलग्न हुनुपर्ने बाध्यता छ।
हस्पिटल फार्मेसी गाइडलाइन २०७२ ले ५१–१०० शय्याको अस्पतालमा कम्तिमा एक क्लिनिकल फार्मासिस्ट आवश्यक भने पनि यसको कार्यान्वयन अत्यन्त कमजोर रहेको छ। नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएका फार्मासिस्टमध्ये एम फार्म (क्लिनिक फार्मेसी), एम फार्मा (फार्मास्युटिकल केयर), डक्टर अफ फार्मेसी (फार्माडी) जस्ता उन्नत अध्ययन गरेकाहरूलाई पनि 'क्लिनिकल फार्मासिस्ट' भन्ने छुट्टै designation दिइएको छैन। फार्मासिस्टहरूको उपविभाजन, लाइसेन्सिङ र करिअर पाथवेमा स्पष्टताको अभावले पेशागत पहिचान र जिम्मेवारी दुवै कमजोर बनाएको छ।
हाल नेपालमा अस्पताल फार्मेसी अझै डिस्पेन्सिङ र लजिष्टिकमा सीमित छ, जबकि आधुनिक स्वास्थ्य प्रणालीमा क्लिनिकल फार्मेसी patient-centered care मा आधारित हुन्छ। Medication review, reconciliation, therapeutic drug monitoring (TDM), dose adjustment र patient counseling जस्ता सेवाहरू या त अवस्तित छन् वा अत्यन्त सीमित रूपमा प्रदान भइरहेका छन्। Emergency department मा क्लिनिकल फार्मासिस्ट को पूर्ण अभाव छ, जबकि यही विभागमा तुरुन्त decision-making, सही dosing, drug compatibility र toxicity management अत्यन्त महत्वपूर्ण हुन्छ। Oncology क्षेत्रमा प्रयोग हुने cytotoxic र targeted therapies अत्यन्त संवेदनशील हुन्छन्, जहाँ सानो dosing error ले पनि जीवन जोखिममा पार्न सक्छ।
क्लिनिकल फार्मासिस्टको पारिश्रमिक अत्यन्त कम हुनाले धेरै फार्मासिस्टहरू मध्यपूर्वी मुलुकहरूमा जान वा क्लिनिकल फार्मेसी बाहेरका क्षेत्रमा काम गर्न बाध्य छन्, जसले brain drain को गम्भीर समस्या सिर्जना गरिरहेको छ।
क्लिनिकल फार्मेसी शिक्षाको यात्रा र चुनौती
नेपालमा फार्मेसी शिक्षाको सुरुवात सन् १९७२ मा चिकित्साशास्त्र संस्थानबाट इन्टरमेडिएट इन फार्मेसी कार्यक्रमसँगै भएको थियो। सन् १९९४ मा काठमाडौं विश्वविद्यालयले ब्याचल अफ फार्मेसी सुरु गर्यो। काठमाडौं विश्वविद्यालयले नै सन् २००० मा मास्टर इन फार्मेसी (फार्मास्युटिकल केयर) कार्यक्रम सुरु गरी बिरामीमुखी फार्मेसी शिक्षाको थालनी गर्यो, जुन पछि सन् २०१०–२०१५ मा डक्टर अफ फार्मेसी (फार्मडी) कार्यक्रममा रूपान्तरित गरियो। फार्मडी कार्यक्रमले विभिन्न चुनौतीहरू सामना गर्यो र सन् २०१५ मा रोकिन पुग्यो। तर सन् २०२२ मा चिकित्सा शिक्षा आयोगले काठमाडौं विश्वविद्यालयलाई PharmD (Post-Baccalaureate) कार्यक्रम पुनः सुरु गर्न स्वीकृति दियो, जुन आशाजनक विकास हो। हाल काठमाडौं विश्वविद्यालयमा MPharm (Pharmaceutical Care) र PharmD (Post-Bac) दुवै clinical-oriented कार्यक्रम समानान्तर रूपमा सञ्चालन भइरहेको छ। पोखरा र पूर्वाञ्चल विश्वविद्यालयले पनि दुई वर्षे मास्टर्स इन क्लिनिकल फार्मेसी कार्यक्रम सञ्चालन गरिरहेका छन्। सन् २०२४ सम्ममा नेपालमा करिब ३0 संस्थाहरूले फार्मेसी कार्यक्रम प्रदान गरिरहेका छन्।
शिक्षामा प्रमुख चुनौतीहरू
अन्तरव्यावसायिक शिक्षा को अभाव: विश्व स्वास्थ्य संगठनले अन्तरव्यावसायिक शिक्षालाई स्वास्थ्य सेवाको गुणस्तर सुधार र बिरामी सुरक्षाका लागि अत्यावश्यक मानेको छ। बेलायत, अमेरिका, जर्मनी, अष्ट्रेलियाजस्ता देशहरूले फार्मेसी पाठ्यक्रममा अन्तरव्यावसायिक शिक्षा समावेश गरिसकेका छन्, तर नेपालमा यो अभ्यास प्रायः अवस्तित छैन। Doctors, nurses र फार्मासिस्टs बीच coordination कमजोर हुनु क्लिनिकल फार्मेसी विकासको प्रमुख अवरोध हो। Undergraduate तहदेखि नै अन्तरव्यावसायिक शिक्षा लागू गर्दा team-based care मा उल्लेखनीय सुधार हुन्छ।
अनुभवजन्य सिकाइ र क्लिनिकल तालिमको कमी: क्लिनिकल फार्मेसी अभ्यासका लागि आवश्यक सीप विकास गर्न अनुभवजन्य तालिम अपरिहार्य छ। तर नेपालका अधिकांश फार्मेसी कलेजहरूसँग आफ्नै शिक्षण अस्पताल छैन, जसले विद्यार्थीहरूको अस्पताल वातावरणमा एक्सपोजर सीमित बनाउँछ। Experiential learning, preceptor-based training र skills lab लाई अनिवार्य बनाउनु अत्यन्त आवश्यक छ।
सीप प्रयोगशाला र प्रशिक्षित प्रिसेप्टरको अभाव: क्लिनिकल फार्मासिस्टका लागि आवश्यक शारीरिक मूल्याङ्कन सीप प्रदान गर्ने कुनै स्किल ल्याब नेपालमा छैन। Objective Structured Clinical Examination (OSCE) जस्ता competency assessment विधिहरू पनि प्रयोगमा छैनन्। प्रशिक्षित क्लिनिकल प्रिसेप्टरको अत्यन्त अभाव छ।
Competency Framework को अभाव: FIP ले Global Competency Framework (GbCF) विकास गरेको छ जसमा pharmaceutical public health, pharmaceutical care, organisation/management र professional/personal competencies समेटिएका छन्। नेपालमा यस्तो कुनै राष्ट्रिय competency framework छैन जसले क्लिनिकल फार्मासिस्ट को दक्षता मूल्याङ्कन गर्न सकोस्।
पुरानो पाठ्यक्रम र practice-education gap: नेपालमा फार्मेसी शिक्षा परम्परागत रूपमा उत्पादनमुखी (industry-oriented) रहेको छ। विकसित देशहरूमा practice ले curriculum change गर्छ भने नेपालमा curriculum change गरेर practice बदल्ने आशा गरिन्छ, जुन उल्टो दृष्टिकोण हो। Pharmacy practice र academics बीचको खाडल pharmacy practice-based teaching and learning modules ले मात्र पूर्ति गर्न सकिन्छ।
क्लिनिकल फार्मेसीका प्राथमिकता क्षेत्रहरू
Antimicrobial Stewardship: नेपालमा एन्टिबायोटिकको जथाभावी प्रयोग अत्यधिक रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्, जसले एन्टिमाइक्रोबियल रेसिस्टेन्सलाई गम्भीर जनस्वास्थ्य संकट बनाइरहेको छ। क्लिनिकल फार्मासिस्ट ले antimicrobial stewardship program सञ्चालन, सही एन्टिबायोटिक छनोट, duration निर्धारण र de-escalation मा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
इमरजेन्सी र आईसीयू सेवा: Emergency department मा तुरुन्त decision-making, सही dosing, drug compatibility र toxicity management अत्यन्त महत्वपूर्ण हुन्छ। ICU जस्ता critical care settings मा complex pharmacotherapeutic regimens को व्यवस्थापनमा क्लिनिकल फार्मासिस्ट को भूमिका अपरिहार्य छ।
Oncology Pharmacy: Cytotoxic र targeted therapies अत्यन्त संवेदनशील हुन्छन्। नेपालमा B.P. Koirala Memorial Cancer Hospital, Nepal Cancer Hospital and Research Center, Kathmandu Cancer Center, जस्ता केन्द्रहरूमा क्लिनिकल फार्मासिस्ट को सक्रिय उपस्थिति अनिवार्य छ।
Medication Safety र Drug Information: Medication error assessment, drug-drug interaction monitoring, ADR reporting, medication reconciliation, therapeutic drug monitoring (TDM) र drug information services जस्ता क्षेत्रहरूमा क्लिनिकल फार्मासिस्ट को संलग्नता अनिवार्य छ।
NCD Management मा फार्मासिस्ट को भूमिका: नेपालमा non-communicable diseases (NCDs) जस्तै मधुमेह, उच्च रक्तचाप, COPD को बोझ बढ्दो छ। हालको अध्ययनले देखाएको छ कि community pharmacies मा NCD सेवाको readiness सार्वजनिक स्वास्थ्य संस्थासँग तुलना गर्न सकिने छ। क्लिनिकल फार्मासिस्ट ले medication therapy management, patient education र chronic disease monitoring मा केन्द्रीय भूमिका खेल्न सक्छन्।
Pharmacogenomics र Personalized Medicine: विश्वभर pharmacogenomics-based prescribing बढ्दो छ। नेपालले पनि यस दिशामा सोच्नुपर्छ, जहाँ क्लिनिकल फार्मासिस्ट ले genetic-based dosing recommendations मा सहयोग गर्न सक्छन्।
Palliative Care र Cancer Pain Management: नेपाललाई WHO/WHPCA Global Atlas of Palliative Care 2017 मा Group 3a मा वर्गीकृत गरिएको छ, जसको अर्थ palliative care provision खण्डित छ। क्लिनिकल फार्मासिस्ट ले cancer pain management, opioid stewardship र end-of-life care मा विशेषज्ञ भूमिका खेल्न सक्छन्।
High-risk Medicines Monitoring: Oncology drugs, anticoagulants, insulin जस्ता high-risk औषधिहरूको national list तयार गरी ती औषधिहरूको प्रयोग क्लिनिकल फार्मासिस्ट द्वारा अनिवार्य monitoring गरिनुपर्छ।
समग्र सुधार प्रस्तावहरू
(क) नियामक तथा नीतिगत सुधार
प्रेसकिप्सन बिना औषधि बिक्री पूर्ण रूपमा बन्द गरिनुपर्छ। "वान फार्मेसी–वान फार्मासिस्ट" नीति कडाइका साथ लागू गरिनुपर्छ। औषधि व्यवस्था विभाग द्वारा नियमित र कडा अनुगमन अभियान सञ्चालन, नक्कली तथा गुणस्तरहीन औषधि विरुद्ध शून्य सहनशीलता नीति, सबै औषधि जेनेरिक नामबाट मात्र प्रेस्काइब गर्ने व्यवस्था, र एन्टिबायोटिक दुरुपयोग रोक्न राष्ट्रिय स्टेवार्डसिप कार्यक्रम सुरु गर्नु अत्यावश्यक छ। औषधिको मूल्य निर्धारणमा पारदर्शी प्रणाली, औषधि ऐन २०३५ को समसामयिक संशोधन, ट्र्याक एन्ड ट्रेस प्रणाली, औषधि सम्बन्धी भ्रामक विज्ञापन नियन्त्रण, र फार्माकोभिजिलेन्स प्रणाली सुदृढ गर्नु पनि समान रूपमा जरुरी छ।
नेसनल क्लिनिकल फार्मेसी गाइडलाइन: नेपालमा क्लिनिकल फार्मेसी अभ्यासका लागि स्ट्यान्डर्ड गाइडलाइनको अभाव छ। स्पष्ट कार्य क्षेत्रको दायरा, जिम्मेवारी र सर्भिस मोडल परिभाषित गर्ने राष्ट्रिय गाइडलाइन स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी काउन्सिल ले संयुक्त रूपमा विकास गरी लागू गर्नुपर्छ।
अस्पताल एक्रिडिएसनसँग जोड्ने: अस्पताल एक्रिडिएसन वा लाइनसेन्स नवीकरणमा क्लिनिकल फार्मासिस्टको उपस्थिति अनिवार्य क्राइटेरिया बनाउनुपर्छ। यसले नीति कार्यान्वयनलाई कार्यान्वयनयोग्य बनाउँछ।
फार्मेसी एन्ड थेराप्युटिक कमिटी अनिवार्य: प्रत्येक अस्पतालमा फार्मेसी एन्ड थेराप्युटिक कमिटी गठन अनिवार्य गरिनुपर्छ जसमा क्लिनिकल फार्मासिस्ट को सक्रिय सदस्यता होस्। यो कमिटीले हस्पिटल फर्मुलरी म्यानेजमेन्ट, औषधि प्रयोग नीति र मेडिकेसन सेफ्टी प्रोटोकल्स निर्धारण गर्नेछ।
(ख) अस्पताल तथा क्लिनिकल सुधार
सबै सरकारी तथा निजी अस्पतालमा क्लिनिकल फार्मासिस्ट पद सिर्जना गरी लोकसेवा मार्फत दरबन्दीको विज्ञापन खुलाउने, क्लिनिकल फार्मेसी विभाग स्थापना गर्ने र मल्टीडिसिप्लिनरी हेल्थकेयर टिममा उनीहरूको औपचारिक समावेशीकरण तत्काल आवश्यक छ। Emergency, ICU, Oncology र Pediatrics विभागमा क्लिनिकल फार्मासिस्ट को targeted deployment प्राथमिकतामा राखिनुपर्छ।
Medication Review र Reconciliation प्रणाली, ADR Reporting प्रणाली, Hospital Formulary System, प्रमाणमा आधारित Prescribing Guideline, Clinical Audit तथा Drug Utilization Review (DUR) प्रणाली, र Patient Counseling सेवा सबै अस्पतालमा अनिवार्य गरिनुपर्छ।
औषधि व्यवस्था विभाग भित्र प्रमाणमा आधारित Center: Department of Drug Administration भित्र "प्रमाणमा आधारित Medicine and क्लिनिकल फार्मेसी Center" स्थापना गरिनु आवश्यक छ, जसले national treatment guideline development, drug information dissemination, pharmacovigilance strengthening र rational drug use policy निर्माणमा केन्द्रीय भूमिका खेल्नेछ।
National Database for Medication Error र ADR: नेपालमा medication error र ADR सम्बन्धी centralized data system छैन। क्लिनिकल फार्मासिस्ट नेतृत्वमा national database विकास गर्दा प्रमाणमा आधारित intervention गर्न सजिलो हुन्छ।
(ग) शैक्षिक सुधार
फार्मेसी शिक्षालाई Practice-oriented बनाउनु अत्यावश्यक छ। CAPE ले निर्धारण गरेका outcomes र FIP Global Competency Framework लाई पाठ्यक्रममा एकीकृत गर्नुपर्छ। ACPE जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट मान्यता प्राप्त गर्ने, Faculty र Student Exchange कार्यक्रम, Preceptor Training, Skills Lab स्थापना, OSCE-based assessment, र IPE को समावेश अनिवार्य कदमहरू हुन्।
क्लिनिकल फार्मासिस्ट को Licensing: PharmD, Masters in क्लिनिकल फार्मेसी स्नातकहरूका लागि छुट्टै licensure exam को व्यवस्था गरिनुपर्छ। उक्त परीक्षा पास गर्नेहरूलाई मात्र practicing क्लिनिकल फार्मासिस्ट को designation दिने नीति अवलम्बन गर्नुपर्छ।
Continuing Pharmacy Education (CPE) अनिवार्य: FIP ले lifelong continuing professional development (CPD) लाई फार्मासिस्ट को अनिवार्य दायित्वको रूपमा मानेको छ। नेपालमा CPE कार्यक्रमहरू सीमित छन्। License renewal लाई CPE credits सँग जोड्ने प्रणाली लागू गर्नुपर्छ, जसले फार्मासिस्ट हरूलाई updated knowledge र skills कायम राख्न बाध्य बनाउँछ।
(घ) व्यावसायिक र नैतिक सुधार
मेडिकल रिप्रेजेन्टेटिभका लागि Health Science Background अनिवार्य गरिनुपर्छ। Brand-driven Prescribing नियन्त्रण, डाक्टर र फार्मासिस्टबीच Professional Collaboration बढाउने, CPD अनिवार्य बनाउने, कम्युनिटी फार्मेसीलाई Primary Healthcare Center को रूपमा विकास गर्ने, Irrational combination drugs हटाउने, र Self-medication नियन्त्रणका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने कदमहरू चाल्नुपर्छ। फार्मासिस्टहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी brain drain रोक्नुपर्छ।
फार्मासिस्ट-led Vaccination र Public Health सेवा: FIP ले फार्मासिस्ट-led vaccination लाई प्रभावकारी जनस्वास्थ्य हस्तक्षेपका रूपमा प्रवर्द्धन गरिरहेको छ। नेपालमा पनि कम्युनिटी फार्मासिस्टहरूलाई खोप, health screening र NCD management मा सक्रिय बनाउने नीति अपनाउनुपर्छ।
(ङ) विकेन्द्रीकरण र पहुँच विस्तार
प्रत्येक प्रदेशमा Regional क्लिनिकल फार्मेसी Center: नेपालको भौगोलिक विविधता र स्वास्थ्य सेवाको असमान पहुँचलाई मध्यनजर गर्दै प्रत्येक प्रदेशमा क्लिनिकल फार्मेसी center स्थापना गरिनु आवश्यक छ। यसले training, monitoring, drug information dissemination र pharmacovigilance लाई decentralized तर प्रभावकारी बनाउँछ।
Primary Healthcare स्तरमा विस्तार: हाल क्लिनिकल फार्मेसी सेवा tertiary hospital मा पनि सीमित छ, जबकि नेपालमा अधिकांश जनसंख्या primary healthcare मा निर्भर छ। स्वास्थ्य चौकी, primary hospital र PHC स्तरमा क्लिनिकल फार्मासिस्ट राख्दा rational drug use र preventive care दुवै सुधार हुन्छ। प्रत्येक स्थानीय तहमा कम्तिमा एक फार्मासिस्ट अनिवार्य गरिनुपर्छ।
Rural Service Incentive: ग्रामीण क्षेत्रमा skilled फार्मासिस्ट को अभाव छ। Rural posting का लागि incentive, allowance वा bond system लागू गर्दा equitable distribution सुनिश्चित गर्न सकिन्छ।
(च) दीर्घकालीन र डिजिटल हेल्थ रणनीति
नेपालमा औषधि उत्पादन बढाई आयात प्रतिस्थापन गर्ने, Export-oriented Pharmaceutical Industry विकास गर्ने, राष्ट्रिय औषधि प्रयोगशाला को क्षमता विस्तार, प्रत्येक Batch को Quality Testing प्रणाली मजबुत बनाउने, Research र Innovation मा सरकारी लगानी बढाउने, र AMR विरुद्ध दीर्घकालीन राष्ट्रिय रणनीति लागू गर्ने कदमहरू अत्यावश्यक छन्।
e-Prescription र Digital Health: WHO Global Strategy on Digital Health 2020-2025 ले digital technology लाई स्वास्थ्य सेवामा एकीकृत गर्न जोड दिएको छ। नेपालमा e-prescription प्रणालीमा क्लिनिकल फार्मासिस्ट लाई integrate गर्नुपर्छ, जसले real-time medication review, drug interaction check र dosing validation सम्भव बनाउँछ।
Artificial Intelligence र Pharmacy: FIP ले सन् २०२५ मा pharmacy practice मा responsible AI use सम्बन्धी policy statement जारी गरेको छ। नेपालले पनि AI-assisted drug interaction checking, clinical decision support systems र automated medication safety alerts जस्ता प्रविधिहरू दीर्घकालीन रूपमा अपनाउने रणनीति बनाउनुपर्छ।
स्वास्थ्य अर्थशास्त्र र क्लिनिकल फार्मासिस्ट
क्लिनिकल फार्मासिस्ट को समावेशले केवल बिरामीको सुरक्षा मात्र होइन, स्वास्थ्य प्रणालीको आर्थिक भार पनि घटाउँछ। Irrational drug use घट्ने, unnecessary hospitalization कम हुने र treatment optimization हुने हुँदा overall healthcare cost घट्ने प्रमाणित भइसकेको छ। नेपालजस्तो सीमित स्रोत भएको देशमा यो दृष्टिकोण अत्यन्त महत्त्वपूर्ण छ। क्लिनिकल फार्मासिस्ट लाई cost center नभई value creator को रूपमा हेर्नुपर्छ। नेपालमा आफ्नै खल्तीबाट हुने स्वास्थ्य खर्चको ठूलो हिस्सा औषधिमा खर्च हुन्छ, त्यसैले औषधिको उचित प्रयोगले जनताको प्रत्यक्ष आर्थिक भार घटाउँछ।
अगाडिको बाटो
नेपाल सरकारले क्लिनिकल फार्मेसी सेवालाई मान्यता दिएको नीतिगत आधार छ, तर वास्तविक कार्यान्वयनमा ठूलो खाडल छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल र विश्वविद्यालयहरूले संयुक्त रूपमा क्लिनिकल फार्मेसीसम्बन्धी राष्ट्रिय निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ।
अन्तर्राष्ट्रिय सहकार्य, फ्याकल्टी एक्स्चेन्ज, स्टुडेन्ट एक्सचेन्ज, प्रिसेप्टर तालिम र पाठ्यक्रम विकासका माध्यमबाट शिक्षाको गुणस्तर उकास्न सकिन्छ। कोभिड-१९ को अनुभवले अनलाइन तथा दूरशिक्षा प्लेटफर्म मार्फत पनि यस्ता सहकार्य सम्भव रहेको देखाएको छ।
अन्य स्वास्थ्य पेशेवीहरू र अस्पताल व्यवस्थापनमा क्लिनिकल फार्मेसी सेवाको महत्त्वबारे चेतना जगाउनु परिवर्तनको सुरुवातबिन्दु हो। डाक्टरहरूको दृष्टिकोण र सहयोगले क्लिनिकल फार्मेसी सेवाको विकासमा निर्णायक भूमिका खेल्छ। विद्यार्थीहरूलाई सामुदायिक सहभागिता गतिविधिहरूमा (विश्व मधुमेह दिवस, विश्व उच्च रक्तचाप दिवस, क्यान्सर जागरण अभियानजस्ता) सक्रिय बनाउनुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा: स्पष्ट नीतिगत निर्णय, कडा कार्यान्वयन र स्टेकहोल्ड कोअर्डिनेशन अत्यावश्यक छ। क्लिनिकल फार्मासिस्ट लाई स्वास्थ्य प्रणालीको अनिवार्य अंगको रूपमा मान्यता दिई कार्यान्वयन नगरेसम्म सुरक्षित, प्रभावकारी र किफायती स्वास्थ्य सेवा सम्भव छैन।
निष्कर्ष
औषधि केवल व्यापार होइन, यो जीवनसँग प्रत्यक्ष जोडिएको सेवा हो। सही नीति, कडा कार्यान्वयन र पेशागत जिम्मेवारीले मात्र सुरक्षित, सुलभ र प्रभावकारी स्वास्थ्य प्रणाली निर्माण गर्न सकिन्छ। नेपालमा क्लिनिकल फार्मेसी शिक्षा र अभ्यासको अवस्था चुनौतीपूर्ण अवश्य छ, तर सरकार, शैक्षिक संस्था, नियामक निकाय, अस्पताल र फार्मेसी पेशेवीहरू सबैको सामूहिक प्रतिबद्धताले यो क्षेत्रलाई रूपान्तरण गर्न सम्भव छ।
क्लिनिकल फार्मेसीलाई केवल अस्पताल सेवा मात्र नभई सम्पूर्ण स्वास्थ्य प्रणालीको integral component को रूपमा स्थापित गर्ने लक्ष्य राख्नुपर्छ। प्रत्येक प्रदेशमा Regional क्लिनिकल फार्मेसी Center, primary healthcare मा फार्मासिस्टको उपस्थिति, औषधि व्यवस्था विभाग भित्र प्रमाणमा आधारित Center, hospital accreditation सँग क्लिनिकल फार्मेसी को अनिवार्य जोडान, national database विकास, e-prescription integration, र FIP Development Goals अनुरूप वर्कफोर्स डेभलपमेन्टले नेपालको स्वास्थ्य प्रणालीलाई मूलभूत रूपमा सुदृढ बनाउनेछन्।
अब समय आएको छ: फार्मेसी क्षेत्रलाई व्यवस्थित, वैज्ञानिक र जनउत्तरदायी बनाउने। नेपालमा सुरक्षित, प्रभावकारी र प्रमाणमा आधारित उपचार सुनिश्चित गर्न क्लिनिकल फार्मासिस्टको institutionalization अब अनिवार्य भइसकेको छ। बिरामीको सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्छ।
नोट: यो लेख Shrestha S, Shakya D, Palaian S द्वारा Advances in Medical Education and Practice (2020) मा प्रकाशित शोध लेख, Shrestha S et al. (2022) को PharmD reintroduction सम्बन्धी commentary, क्लिनिकल फार्मासिस्ट समावेशीकरण सम्बन्धी २० बुँदे नीतिगत प्रस्ताव, FIP Global Situation Report on Pharmacy 2025, Joint FIP/WHO Guidelines on Good Pharmacy Practice, तथा लेखकको क्लिनिकल फार्मेसीमा दीर्घ अध्ययन र अनुसन्धानमा आधारित छ।
-(लेखक डा. सुनिल श्रेष्ठ काठमाडौं क्यान्सर सेन्टरका Research Scientist तथा Senior Clinical Pharmacist हुन्।)