काठमाडौं — विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ।
स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) प्रमुख डा. हेमन्त चन्द्र ओझालाई जिम्मेवारी दिइएको छ। आपतकालीन मेडिकल टोली तथा मानव स्रोत परिचालनका लागि HEOC सँगको समन्वयमा डा. रोशन न्यौपानेलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, प्रदेशस्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा. फणिन्द्र प्रसाद बराल र मन्त्रालयबाट डा. समीर कुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ। घटनास्थलमा संघीय टोली परिचालनका लागि रसुवामा डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटमा डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई जिम्मेवारी तोकिएको छ।
सम्भावित महामारीको जोखिम न्यूनीकरण, पूर्वतयारी, निगरानी तथा आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का डा. अमृत पोखरेललाई फोकल पर्सन तोकिएको छ।
यसैबीच, विपद्को समयमा सर्वसाधारण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबीच आवश्यक सहयोग तथा समन्वयलाई सहज बनाउन मन्त्रालयले ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली सञ्चालनमा ल्याएको छ।
मन्त्रालयका अनुसार उक्त प्रणालीमार्फत उपचार, औषधि वा अन्य स्वास्थ्य सहयोगका लागि अनुरोध गर्न सकिनेछ। स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले मेडिकल टिम, औषधि वा उपकरण सहयोगको प्रस्तावसमेत राख्न सक्नेछन्।
सहयोग तथा समन्वयका लागि प्रणालीको लिंक https://help.mohp.gov.np/ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विपद्का समयमा आवश्यक पर्ने औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा निकायलाई तत्काल सहयोग गर्नसमेत आग्रह गरेको छ।
सम्पर्कका लागि फोकल पर्सनहरू:
- स्वास्थ्य आपतकालीन समग्र समन्वय: डा. हेमन्त चन्द्र ओझा — ९८४९३६१५९३
- आपतकालीन मेडिकल टोली तथा मानव स्रोत परिचालन: डा. रोशन न्यौपाने — ९८५७६४०६२५
- प्रदेशस्तरीय समन्वय: डा. फणिन्द्र प्रसाद बराल — ९८४१२४०५८७
- मन्त्रालयस्तरीय समन्वय: डा. समीर कुमार अधिकारी — ९८५१०५४६९९
- रसुवा: डा. प्रकाश ज्ञवाली — ९८४१२५८२३३, शंकर कँडेल — ९८५१२०४१८१
- नुवाकोट: डा. प्रशान्त नापित — ९८४९०८६२७१, प्रवीण कार्की — ९८६०१२८२४७
- महामारी निगरानी तथा प्रतिकार्य: डा. अमृत पोखरेल — ९८४१०४३७३३