काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले पनि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा स्वास्थ्यका केही विषय मात्र समावेश भएका छन्।
यस्तो छ घोषणापत्रमा स्वास्थ्यका विषय
१. स्वास्थ्यलाई पूर्णरूपले राज्यको दायित्व अन्तर्गत राखिनेछ र सुनिश्चित गरिनेछ ।
२. स्वास्थ्य क्षेत्रमा मौलाएको निजीकरण र व्यापारीकरणलाई अन्त्य गरिनेछ ।
३. मुटुरोग, मृगौलारोग र क्यान्सर जस्ता प्राणघातक रोगहरू सुलभ ढंगले राज्यका तर्फबाट पूर्णरुपमा निःशुल्क उपचार गर्ने व्यवस्था गरिनेछ ।
४. सबै प्रदेशमा आवश्यकता आधारमा मेडिकल कलेजहरू खोल्ने र सञ्चालन गर्ने
५. सबै प्रदेशमा सुविधा सम्पन्न रेफरल अस्पतालहरू खोल्ने र सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।