काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) तर्फ कार्यरत कर्मचारीहरुको प्रतिष्टान स्तरको ट्रेड युनियन पुन दर्ता भएको छ। युनियन यही कात्तिक १३ गते पुन दर्ता भएको हो।
युनियनको अध्यक्षमा कृष्ण तिमिल्सिना, उपाध्यक्षमा डा प्रकाश बहादुर थापा, सचिवमा दिपक मुडभरी, सहसचिवमा नवराज धिताल र कोषाध्यक्षमा भगवती थपलिया रहेका छन्।
यसैगरी, सदस्यहरुमा विजय देउजा, प्रकाश कुमार नेपाल, देवीप्रसाद लामिछाने, दिलिप ताम्राकार, सुनिल श्रेष्ठ, सविता दाहाल, टंक पुडासैनी र ईन्द्र अर्याल छन् ।