कपिलवस्तु- जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले अयोजना गरेको क्षयरोग अधारभुत तालिम हेल्थ असिस्टेन्ट (हेअ) हरूले बहिष्कार गरेका छन्। हेल्थ असिस्टेन्टलार्इ तालिम दिने सहजकर्तहरु सिअहेव रहेको भन्दै तालिम बहिष्कार गरेका हुन्।
तालिम सुरू भए लगतै हेल्थ असिस्टेन्टहरूले तालिम गुणस्तरीय हुनु पर्ने तथा सहजकर्ता हेअ भन्दा बरिष्ठ हुनु पर्ने तगाएतका माग राखेपछि विवाद उत्पन्न भएको थियो। बहिष्कारपछि हेअहरु जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा ‘डेलिकेसन’ गएका थिए।
जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्रप्रसाद भगतले उक्त कार्यक्रम तत्कालको लागि स्थगित गरिएको र केही समयमा नै क्षेत्रिय स्वास्थ्य निर्देशनालयसंग सहकार्य गरि हेअ भन्दा वरिष्ठ सहजकर्ताबाट कार्यक्रम संचालन गर्ने जानाकारी गराएका छन्।
तालिम प्रेमसागर होटल गोरूसिंगे कपिलवस्तुमा मिति बहिबारदेखि १८ गते शनिबारसम्म संचालन गर्ने तय गरिएको थियो। उक्त तालिममा कपिलवस्तु जिल्ला अन्तरगत कार्यरत १९ जना हेअहरू सहभागि भएका थिए।
यसैबिच हेल्थ असिस्टेन्ट संघ नेपाल कपिलवस्तुका अध्यक्ष दुर्गेसलाल चौधरीले कपिलवस्तु जिल्ला अन्तरगतका सम्पुर्ण हेअहरूलाई उक्त तालिममा हेअका माग सम्बोधन नहुँदासम्म सहभागी नहुन र आफ्नो स्वास्थ्य चौकि अन्तरगतका स्वास्थ्यकर्मीहरू लाई समेत सहभागिता नगराइ दिन अनुरोध गरेका छन्।