काठमाडौं– कलंकीस्थित नेपाल नेशनल हस्पिटलले १० शैयाको नवजात शिशु सघन कक्ष (एनआइसियू) सञ्चालनमा ल्याएको छ । शनिवार युवा तथा खेलकुद मन्त्री राजन केसीले उक्त एनआइसियूको उद्घाटन गरेका छन्।
अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले बाल तथा शिशु मृत्युदर घटाउन सहयोग पुग्ने बताए । उनलृ अस्पतालले निरन्तर सेवा विस्तार गर्दै लैजाने कार्यक्तममा जानकारी दिए । उनले भने, ‘हामी चाँडै नै डायलासिस सेवा र अत्याधुनिक ट«मा सेवा सुरु गर्दैछौं ।’
अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले छोटो समयमै स्थानीय सेवाग्राहीको मन जितिरहेको अस्पतालको उपचार सेवा थप विश्वसनीय र प्रभावकारी बनाउन आफूहरु प्रतिवद्ध रहेको बताए । यसैको एउटा खुड्किलो एनआइसियू रहेको उनको भनाई थियो ।
कार्यक्रममा बालरोग विशेषज्ञ डा बिमललाल कर्ण, भारतका लागि नेपाली महाबाणिज्यदुत एकनारायण अर्याल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलगायतले शुभेच्छा प्रकट गरेका थिए ।