काठमाडौं- नुवाकोटको तादी गाउँपालिका-४ बाह्रबिसे भ्याङ्लेमा नुवाकोटकै समुन्द्रटारबाट काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
कान्तिपुर डेन्टल जनरल हस्पिटलको बा १६ च ८९७ नम्बरको एम्बुलेन्स गएराति ११ बजे सडकबाट करिब ४० मिटर तल खस्दा भएको दुर्घटनामा मकवानपुर मनहरी-७ का २४ वर्षीय सन्दीप भारतीको मृत्यु भएको हो।
दुर्घटनापश्चात् एम्बुलेन्स चालकसहित दुई जना फरार रहेकाले खोजी कार्य भइरहेको नुवाकोट प्रहरीले जानकारी दिएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।