काठमाडौं– नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिमा रहेका छन् । मिथिनकोट अस्पताल काभे्रपलान्चोकका सरकारी चिकित्सक हुन् ।
काँग्रेस केन्द्रीय सदस्य वालकृष्ण खाँण संयोजक रहेको कमिटीमा उनी सदस्य रहेका हुन् । समितिमा उनीसँगै नेपालगञ्ज मेडिकल कलेजका डा सुरेश कनौडिया पनि सदस्य छन् । काँग्रेसल मंगलबार ७५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।