हुम्ला- सदरमुकाम सिमीकोटदेखि दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाको हिमज्योति माविमा आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योति संघ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा सो शिविर सञ्चालन भएको थियो।
हिमालय आँखा अस्पताल घारी पाटन पोखराको प्राविधि, औषधि र आर्थिक सहयोगमा सञ्चालित उक्त शिविरमा ७२ जनाको मोतीबिन्दु, ५०० जनाको साधारण जाँच र औषधि वितरण गरिएको पोखराका डा हरिविक्रम अधिकारीले जानकारी दिए।
सर्केगाड उपशाखाका सभापति भीमबहादुर शाहीले मुगुको धैन सोरुकोट, भी, नार्थपुलगायत बिरामीले सेवा लिएको बताए। रासस