काठमाडौं- सानेपास्थित स्टार अस्पतालमा विश्व मधुमेह दिवसका अवसरमा आज मधुमेह र यसबाट हुने जोखिमका षियमा वृहत अन्तरक्रिया भएको छ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा मधुमेहका विषयमा विस्तृत जानकारी दिइएको छ । नेपाल भिटोरो रेटिना सोसाईटीको सहकार्यमा अस्पतालमा आयोजित कार्यक्रममा करिब ३ सय ५० सहभागि थिए ।
कार्यक्रममा मधुमेहको जानकारीसँगै निशुल्क सुगर जाँच र एक पटकका लागि निशुल्क चिकित्सकिय सेवा समेत प्रदान गरिएको निर्देशक डा शैल रुपाखेतीले जानकारी दिए।
कार्यक्रममा मन्त्री केसीले गुणस्तरीय सेवा लिनका लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य भएको बताए । उनले नेपालमा नै सबै रोगको गुणस्तरीय उपचार सेवा सुरु भएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा डा अजय प्रधान, डा इली प्रधान, डा संयम बजिमाया, डा अनिल पोखरेल र डा प्रकाशराज रेग्मीले मधुमेह, मुटु, मिर्गौला र आँखामा मधुमेहबाट हुने क्षतिका विषयमा सहभागिलाई जानकारी दिइएको अस्पतालका सिइओ डा सन्देश जिसीले जानकारी दिए ।
