काठमाडौं– विश्व मधुमेह दिवसको अवसरमा विभिन्न कार्यक्रम भएका छन्। यसै क्रममा केन सेन्टरले नयाँ बानेश्वरले शनिबार मधुमेह र यसका असरबारे चेतनामूलक कार्यक्रम आयोजना गर्यो। केन सेन्टरले मधुमेहबारे चेतना जगाउन वाकाथनको आयोजना गरेको थियो।
‘भोलिको परिवर्तनका लागि आजै काम थालौं’ भन्ने नाराका साथ वाकाथन गरिएको थियो। नयाँ बानेश्वरदेखि सुरु भएको वाकाथन शंखमूल, बुद्धनगर, माइतीघर, हनुमानथान हुँदै नयाँ बानेश्वरमै आएर समापन भएको थियो। कार्यक्रममा मधुमेहका कारण मिर्गौला, आँखा, मस्तिष्क, मुटु जस्ता अंगमा पुग्ने असरबारे जानकारी गराइएको थियो।