काठमाडौं– ललितपुर सानेपास्थित स्टार अस्पतालमा आइतबारदेखि एकहप्ते 'जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी' सम्बन्धी शिविर सुरु भएको छ। अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको अवसरमा मंसिर १ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो।
अस्पतालका कार्यकारी निर्देशक डा शैल रुपाखेतीले शिविरमा जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी तथा परीक्षणमा ५० प्रतिशत छुट दिइएको र औषधिमा समेत १० प्रतिशत छुट दिइएको जानकारी दिए।
उनका अनुसार शिविरमा हर्निया, हाइड्रोसिल, पायल्स, पित्त थैलीको पत्थरी, फिस्टुला, ब्रेस्टलम्प, भेरिकोज भेन, लाइपोमा, सिस्ट, शरीरमा आएका गाँठागुठी, दूरबिनबाट गरिने पित्तथैलीको पत्थरीको शल्यक्रिया (ल्यापकोली) लगायत ल्याप्रोस्कोपिक सर्जरी सम्बन्धी सेवाहरु उपलब्ध हुनेछ।