काठमाडौं- विश्व मधुमेह दिवसका अवसरमा काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टर र अल्का अस्पतालले एक हप्ते मधुमेह सम्बन्धी निःशुल्क ब्लड सुगर परीक्षण सुरु गरेको छ। मधुमेह दिवस १४ नोभेम्बरका दिन पर्छ ।
दिवसको दिन सेन्टर र अस्पतालले जनचेतनामुलक र्याली गर्नुका साथै करिब ५ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण गर्ने डा अंशुमाली जोशीले जानकारी दिए । उनका अनुसार परीक्षणमा आएकालाई औषधि समेत निशुल्क उपलब्ध गराइने छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।