बाबियाचौर, म्याग्दी – अत्यधिक रक्तस्रावका कारण यहाँ एक सुत्केरीको आइतबार मृत्यु भएको छ।
धौलागिरि गाउँपालिका– ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो। बिहान घरमै सुत्केरी भएकी रसाइलीलाई साल अड्किएपछि ताकम स्वास्थ्यचौकीमा पु¥याइएको थियो।
ताकम स्वास्थ्यचौकीमा साल झिकिए पनि उनको शरीरमा रगतको कमी भएपछि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियोे । दरवाङ ल्याउँदै गर्दा आइतबार साँझ उनको बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रोशन न्यौपानेले बताए।
शिशुको अवस्था भने सामान्य छ । खिवाङ गाउँ म्याग्दीको विकट बस्तीमध्येमा पर्छ । दुर्गम ग्रामीण क्षेत्रका महिला अझै पनि घरमै जोखिमपूर्ण तरिकाले सुत्केरी हुने गरेका छन्। रासस