काठमाडौं– मधुमेह दिवसको अवसरमा भक्तपुरमा नगर र्याली गरिएको छ । भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टर प्रालिको आयोजनमा मंगलबार र्याली आयोजना गरिएको हो।
सेन्टरको सल्लाघारी शाखाबाट बिहान ७ बजेदेखि सुरु भएको र्याली अरनिको राजमार्गको बाराही मन्दिरबाट भित्री नगरपरिक्रममा गरेको हो । सर्वसाधारणमा डायबिटिज बारे जानकारी गराउन र्याली आयोजना गरिएको हो ।
र्यालीमा स्थानीय लायन्स क्लबहरु, बारुण यन्त्र कार्यालय, स्थानीय सहकारी संस्थाहरु गरेर दुई सय हाराहारी जनसहभागीता थियो।
संस्थाले यो महिनालाई मधुमेह महिनाका रुपमा सञ्चालन गरी विशेष क्याम्प गर्दै आइरहेको बताएको छ । यसैका अवसरमा एक हप्ता मधुमेह, प्रेसर र थायराइडको निःशुल्क जाँच गर्दै आइरहेको बताइएको छ ।