काठमाडौं– अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसका अवसरमा एशोसियन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपालले वाकाथन आयोजना गरेको छ।
बुधवार बिहान भद्रकालीमा जम्मा भएर नगरपरिक्रमा गरिएको थियो। प्याथोलोजीबारे जनचेतना जगाउन उक्त कार्यक्रम गरिएको सम्यक डायग्नोष्टिकका अध्यक्ष डा केयुर गौतमले बताए।
आज विश्वभरका प्याथोलोजिस्टले विभिन्न कार्यक्रम गरी प्याथोलोजी दिवस मनाउँदैछन्। यसवर्ष 'प्याथोलोजीबिना उपचार सम्भव छैन' भन्ने नाराका साथ दिवस मनाइँदैछ।




स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।