मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Wed, Sep 16, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मनायो विश्व स्तनपान सप्ताह : जन्मिएको एक घण्टाभित्रै स्तनपान सुरु गर्न चिकित्सकको सुझाव
धेरै आमाले स्तनपान गराउँदा स्तन दुख्ने, घाउ हुने वा दूध कम आउने समस्या भोग्ने गरे पनि यसको मुख्य कारण सही तरिकाले स्तनपान नगराउनु रहेको उनले बताइन्। आमाले पर्याप्त पोषिलो खाना खाने, झोलिलो पदार्थ प्रशस्त सेवन गर्ने र मानसिक तनावबाट टाढा रहने हो भने दूधको उत्पादन बढ्ने उनले जानकारी दिइन्।
बुधबार, साउन २०, २०८३
नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताहको चौथो दिन : शैक्षिक खेलौना प्रदर्शनीसहित जनचेतनामूलक कार्यक्रम
कार्यक्रमअन्तर्गत शैक्षिक खेलौनाको प्रदर्शनी तथा विश्व स्तनपान सप्ताहसम्बन्धी पोस्टर प्रदर्शनी आयोजना गरिएको थियो। प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा सिकाइमा खेलआधारित शिक्षाको महत्त्वबारे जानकारी गराइएको थियो। साथै, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई सही तरिकाले स्तनपान गराउने उपाय तथा शिशुको स्वस्थ विकासमा स्तनपानको महत्त्वबारे जानकारी प्रदान गरिएको थियो।
बुधबार, साउन २०, २०८३
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
महाशाखाका अनुसार स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियामार्फत प्राप्त खोपको पहिलो खेप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा पठाउन थालिएको हो। आवश्यकताका आधारमा प्रदेशहरूमा पठाइने खोप सम्बन्धित स्वास्थ्य संस्थासम्म उपलब्ध गराउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनको अनशनप्रति चिकित्सक संघको ऐक्यबद्धता
उनका अनुसार इन्टर्न चिकित्सकहरूले निर्वाह भत्ताका रूपमा रेसिडेन्ट चिकित्सकले पाउने सुविधाको ५० प्रतिशत रकम पाउने सहमति भए पनि विभिन्न शिक्षण संस्थामा १० हजारदेखि २४ हजार रुपैयाँसम्मको असमान व्यवस्था कायम छ। यस्तो विभेद अन्त्य गरी सबै इन्टर्न चिकित्सकलाई समान सुविधा उपलब्ध गराउनुपर्ने माग उचित रहेको उनले बताए।
बुधबार, साउन २०, २०८३
फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुधबार, साउन २०, २०८३
सरकार र अनसनरत नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति
बुधबार, साउन २०, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
सरकारले कान्ति बाल अस्पतालको निर्देशक परिवर्तन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई जिम्मेवारीबाट हटाउँदै डा रामहरी चापागाईंलाई निर्देशकको जिम्मेवारी दिएको हो।
मंगलबार, साउन १९, २०८३
स्वास्थ्य बीमा ऐन संशोधन मस्यौदा: दायरा फराकिलो बनाइँदै, ठगी र फर्जी दाबीमा कडा सजाय!
सरकारले नागरिकको सहज उपचार सुनिश्चितता र बीमा कोषको दिगोपनका लागि 'स्वास्थ्य बीमा ऐन, २०७४' लाई व्यापक संशोधन गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 'स्वास्थ्य बीमा (पहिलो संशोधन) विधेयक, २०८३' को मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण र सरोकारवालाहरूबाट राय-सुझाव आह्वान गरेको छ।
मंगलबार, साउन १९, २०८३
सुर्तीजन्य पदार्थ ऐन २०६८ संशोधन हुँदै: शतप्रतिशत चेतावनीमूलक चित्रका साथै ई-सिगरेट र भेप्स पनि कानुनी दायरामा
मस्यौदाअनुसार सुर्तीजन्य पदार्थको प्याकेट, बट्टा, र्यापर, पार्सल तथा प्याकेजिङमा थप कडाइ गरिने भएको छ। प्याकेजिङमा ट्रेडमार्क, लोगो, ब्रान्ड रङ, प्रवर्द्धनात्मक चिन्ह तथा आकर्षक डिजाइन प्रयोग गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसैगरी ‘लाइट’, ‘अल्ट्रा लाइट’, ‘लो टार’, ‘सुरक्षित’, ‘लक्जरी’, ‘मेन्थोल’, ‘आइस’, ‘चकलेट’ वा ‘स्ट्रबेरी’ जस्ता उपभोक्तालाई भ्रममा पार्न सक्ने शब्द प्रयोग गर्न पनि रोक लगाइने भएको छ।
मंगलबार, साउन १९, २०८३
प्रतिनिधिसभामा स्वास्थ्यमन्त्री निशा मेहताको जवाफ : सर्पदंशको खोप १ हजार २६९ भाइल मौज्दात
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित विषयमा प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा सुधार, आकस्मिक उपचार, सर्पदंश तथा रेबिजविरुद्धको खोप आपूर्ति, स्वास्थ्य बीमा सुधार र रोग नियन्त्रणका क्षेत्रमा सरकारले काम गरिरहेको जानकारी दिइन्।
मंगलबार, साउन १९, २०८३
परिवारलाई स्वास्थ्य सीप सिकाउँदा आमा र नवजात शिशुको हेरचाहमा झन्डै तीन गुणा सुधार
नेपालमा गरिएको उक्त अध्ययनअनुसार परिवारका सदस्यलाई स्वास्थ्य हेरचाहसम्बन्धी ज्ञान र व्यावहारिक सीप प्रदान गर्दा नवजात शिशुको नाभीलाई सही तरिकाले स्याहार गर्ने, स्वास्थ्य संस्थाबाट घर फर्किएपछि शिशुलाई आमाको छातीमा राखेर न्यानो बनाउनेलगायतका महत्त्वपूर्ण अभ्यासमा उल्लेख्य सुधार देखिएको हो।
मंगलबार, साउन १९, २०८३
स्वास्थ्य क्षेत्रमा थपियो अनसन : इन्टर्न चिकित्सकका माग उठाउँदै डिल्ली हरिजन माइतीघर मण्डलामा आमरण अनसनमा
उनका अनुसार इन्टर्न चिकित्सकहरूले विगत करिब चार महिनादेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, चिकित्सा शिक्षा आयोग (MEC), सांसद तथा सम्बन्धित निकायहरूसँग निरन्तर संवाद गर्दै आएका भए पनि ठोस निर्णय हुन सकेको छैन।
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटको अनसन छैटौं दिन पनि जारी
वार्ताका क्रममा रानाभाट पक्षका कानुन व्यवसायीले सहमतिको मस्यौदा तयार गर्ने प्रयास गरेका थिए। तर कार्यान्वयनको स्पष्ट प्रत्याभूति नभएको भन्दै रानाभाट पक्षका अन्य प्रतिनिधिले उक्त मस्यौदामा सहमति जनाएनन्।
मंगलबार, साउन १९, २०८३
इथिकल स्वीकृतिबारे डा. प्रमोद जोशीको स्पष्टीकरण: ‘आरोप भ्रामक र तथ्यहीन’
आफूले परिषद्को इथिकल स्वीकृति नलिई अनुसन्धान गरेको भन्ने दाबी तथ्यहीन र भ्रामक भएको बताउँदै डा. जोशीले 'Hospital Stay of Orthopedic cases in a Tertiary Care Hospital: A Descriptive Cross-sectional study' शीर्षकको अनुसन्धान परिषद्को इथिकल रिभ्यु बोर्डबाट २२ डिसेम्बर २०२० मा स्वीकृति लिएर मात्र सञ्चालन गरिएको जानकारी दिएका छन्।
सोमबार, साउन १८, २०८३
१० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ, सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक
कार्यविधिले सुनिश्चित गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाइ गरेको हो। मन्त्रालयले यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालहरूले आरक्षित शय्याको विवरण नियमित अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ।
सोमबार, साउन १८, २०८३
भुटानी शरणार्थी महिलालाई मर्गौला प्रत्यारोपण गर्न सर्वोच्चको परमादेश
सर्वोच्चले संविधानको धारा १६(१) ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक र धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी हकको व्याख्या गर्दै स्वास्थ्योपचारबाट कुनै व्यक्तिलाई कानुनी व्यवस्थाको संकीर्ण व्याख्याका आधारमा वञ्चित गर्न नमिल्ने उल्लेख गरेको छ।
सोमबार, साउन १८, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
यो तस्बिरमा देखिएका चिकित्सक हुन्- इन्द्रायणी नगर अस्पतालका डा. गौरव पौडेल। डा. पौडेल शङ्खरापुर नगरपालिकाअन्तर्गत सञ्चालित इन्द्रायणी नगर अस्पतालका ९औँ तहका एमडीजीपी चिकित्सक हुन्। उनी त्यहाँ करार सेवामा कार्यरत छन्। उनी उक्त अस्पतालमा काम गर्न थालेको डेढ वर्ष भयो।
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु
मन्त्रालय स्रोतका अनुसार वार्तामा रानाभाटले लामो समयदेखि उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको छ।
सोमबार, साउन १८, २०८३
सिस्टम डाउन भई बन्द भएको निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा
उनका अनुसार करिब डेढ घण्टा बन्द भएको सिस्टम पुनः सञ्चालनमा आएको हो। टिकट काट्ने समयमा सिस्टम डाउन भएपछि बिहानै अस्पताल पुगेका बिरामी र तिनका आफन्तहरूले नाराबाजी गर्दा केही बेर अस्पतालको वातावरण तनावपूर्ण बनेको थियो।
सोमबार, साउन १८, २०८३
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह: ‘स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, स्वास्थ्य र आत्मविश्वास बढाउँछ’
कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारीले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य तथा पोषणका लागि स्तनपान अपरिहार्य रहेको बताइन्। नियमित स्तनपान गर्ने आमा र शिशुको स्वास्थ्य तुलनात्मक रूपमा राम्रो रहने उल्लेख गर्दै उनले नेपाली समाजमा स्तनपानको महत्वबारे अझ व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइन्।
सोमबार, साउन १८, २०८३
ज्योति रानाभाटको सत्याग्रहप्रति पाँच स्वास्थ्यकर्मी संस्थाको ऐक्यबद्धता, सरकारलाई तत्काल वार्ताको आग्रह
विज्ञप्तिमा सत्याग्रहका क्रममा रानाभाटको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि नेपाल सरकार र सम्बन्धित निकाय मौन, उदासीन र बेवास्तापूर्ण देखिएको आरोप लगाइएको छ। मागहरूको सम्बोधनमा थप ढिलाइ भए त्यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी पनि दिइएको छ।
सोमबार, साउन १८, २०८३
ज्योति रानाभाटको सत्याग्रहबारे मन्त्री मेहताले भनिन्- सुरुदेखि नै संवादको प्रयास भइरहेको छ
सोमबार जारी गरेको वक्तव्यमा मन्त्री मेहताले आफू स्वास्थ्यकर्मीसमेत भएकाले रानाभाटको स्वास्थ्य अवस्था र उनका मागप्रति विशेष चासो रहेको उल्लेख गर्दै समस्याको समाधान संवादबाटै सम्भव हुने विश्वास व्यक्त गरिन्।
सोमबार, साउन १८, २०८३
इन्टरनेटको लत, अनिद्रा र किशोरकिशोरीमा मानसिक स्वास्थ्यको बढ्दो जनस्वास्थ्य चुनौती
डिजिटल प्रविधि आजको आवश्यकता हो, तर यसको सन्तुलित र जिम्मेवार प्रयोग अझ ठूलो आवश्यकता हो। स्वस्थ डिजिटल बानी, पर्याप्त निद्रा, नियमित शारीरिक गतिविधि, पारिवारिक संवाद र समयमै सहयोग खोज्ने संस्कारले इन्टरनेट निर्भरताको जोखिम घटाउन र किशोरहरूको मानसिक स्वास्थ्य जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
आइतबार, साउन १७, २०८३
नेपाल आयुर्वेद चिकित्सक संघद्वारा आयुर्वेद क्षेत्र सुदृढ बनाउन प्रधानमन्त्रीको पहल माग
संघले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रस्तावित संगठन संरचनाले आयुर्वेद क्षेत्रको नीतिगत नेतृत्व कमजोर बनाएको दाबी गरेको छ। विगतमा रहेको नीति तथा योजना महाशाखाअन्तर्गतको आयुर्वेदसम्बन्धी दरबन्दी हटाइएकाले नीति निर्माण, योजना तर्जुमा, अनुसन्धान, सेवा विस्तार तथा अन्तर्राष्ट्रिय सहकार्य प्रभावित हुने संघको भनाइ छ।
आइतबार, साउन १७, २०८३
अनशनरत नर्स रानाभाटको स्वास्थ्य अवस्था बिग्रँदै
नेपाल नर्सिङ संघले यसअघि सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न र अनशनरत रानाभाटको जीवनरक्षाका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ। संघले नर्सहरूको सेवा–सुविधा, तलब–भत्ता तथा कार्य वातावरणमा सुधार नगरे गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नसकिने चेतावनी दिएको छ।
आइतबार, साउन १७, २०८३
घाइते खुट्टा र अनसनबाट तंग्रिँदै गरेका डा केसी स्वास्थ्य सेवा दिन कालापानी क्षेत्र लागे
हालैको अनसन र खुट्टाको शल्यक्रियापश्चात् पूर्ण रूपमा स्वास्थ्य लाभ भइनसकेको अवस्थामा पनि डा. केसी आफ्नो झोला बोकेर विकट गाउँतर्फ लागेका हुन्। प्रतिकूल मौसम र कमजोर शारीरिक अवस्थाका कारण केही समय पर्खिन डा अमृत जैशीले गरेको आग्रहलाई मुस्कुराउँदै पन्छाएर उनी दूरदराजका सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन यात्रामा निस्किएका हुन्।
आइतबार, साउन १७, २०८३
आयुर्वेद चिकित्सक समाजको अडान- अध्यक्षको योग्यता मापदण्ड अनुसार हुनुपर्छ
विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले स्वास्थ्य खबर पत्रिकामा प्रकाशित समाचारमा प्रतिक्रिया दिँदै मन्त्रालयले आवेदन माग गर्दा कार्यविधिअनुसार ‘आयुर्वेद विषयमा स्नातकोत्तर’ भन्ने स्पष्ट योग्यता तोकेकाले सोही मापदण्ड पालना हुनुपर्ने अडान दोहोर्याएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थानले दिएको समकक्षता अस्वीकार गर्दै उक्त विषयमा सर्वोच्चको फैसलामा 'टिप्पणी नगर्ने' जनाएको छ।
आइतबार, साउन १७, २०८३
व्यवहारिक मनोविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले मनोविज्ञान तथा मनोसामाजिक क्षेत्रमा व्यापक कार्य गर्नुपर्ने आवश्यकता रहेको बताए। सोही आवश्यकतालाई सम्बोधन गर्न बृहत् छलफल र अन्तरक्रियाका लागि अगस्ट ६ देखि ८ सम्म (तीन दिने) अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको उनले जानकारी दिए।
आइतबार, साउन १७, २०८३
नेपाल आयुर्वेद चिकित्सा परिषद् अध्यक्ष छनोट : भ्रम फैलाएर विवादित बनाउन सक्रिय आयुर्वेद विशेषज्ञ चिकित्सक समाज
समाजले संकेत गरेको उम्मेदवार डा. जया सत्याल हुन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पस, कीर्तिपुरबाट आयुर्वेद चिकित्सामा स्नातक तह उत्तीर्ण गरेकी हुन्, जुन अध्यक्ष पदका लागि ऐनले तोकेको न्यूनतम योग्यता हो।
आइतबार, साउन १७, २०८३
नेपाल नर्सिङ संघले भन्यो : माग पूरा गरेर अनसनरत नर्स ज्योति रानाभाटको जीवनरक्षा गरियोस्
विज्ञप्तिअनुसार नर्सहरूले २०८२ कात्तिक ४ गतेदेखि तलब, भत्ता तथा अन्य पेशागत माग राख्दै देशव्यापी आन्दोलन गरेका थिए। त्यसपछि २०८२ कात्तिक १५ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, नेपाल नर्सिङ संघ तथा अन्य सरोकारवालाबीच भएको सहमतिअनुसार तलब, भत्ता र अन्य सुविधासम्बन्धी विषय हालसम्म पूर्ण रूपमा कार्यान्वयन नभएको संघको भनाइ छ।
शनिबार, साउन १६, २०८३
Previous
9
10
11
12
13
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search