कहिलेकाहीँ हामी कोठाको साँचो धुइँधुइँती खोज्छौं । हातैमा भएको कलम कहाँ राखेँ होला भनेर धेरै बेर सोचिरहन्छौं । यी उदाहरण हाम्रो स्मरण क्षमतामा ह्रास आएको संकेत हो । विभिन्न कारणले स्मरण क्षमतामा कमी आउँछ।
यस्ता सानातिना विस्मृति उमेर अनुसार बढ्दै जान्छ । बढ्दो उमेरका कारण नयाँ कुरा सिक्ने क्षमतासँगै सम्झन सक्ने क्षमता पनि घट्न थाल्छ।
तर, स्मरण शक्तिमा आउने ह्रासलाई हामीले आफ्नो भोजन र 18मा सामान्य परिवर्तन गरेर न्यून गर्न सक्छौं ।
सन् २०१४ जुनमा जर्नल अफ मेडिसिनमा प्रकाशित एउटा अध्ययनले स्वस्थकर, पोषक तत्वयुक्त भोजन गर्ने महिलाको एकाग्रता र स्मरण क्षमता न्यून पोषणयुक्त भोजन गर्ने महिलाको तुलनामा बढी हुने पत्ता लागेको उल्लेख गरेको थियो।
भोजनमा पनि खासगरी ‘मेडिटेरानियन डाइट’ (फलफूल, सागसब्जी, नट्स, माछा, ओलिभ ओयल र होल ग्रेन) ले स्मरणशक्ति जोगाउने र अल्जाइमर्स तथा डिमेन्सियाबाट बचाउने देखिएको छ।
स्मरण शक्ति तिखार्ने अर्को उपयुक्त उपाय हो, नियमित एरोबिक गर्नु । एरोबिक गर्दा हामी पसिनाले निथ्रुक्क हुन्छौं र मुटुले धेरै पम्प गर्नुपर्छ । व्यायामले हाम्रो मस्तिष्कको स्मरण शक्ति र सिकाइको भाग ‘हिप्पोक्याम्पस’को आकार वृद्धि गराउने एउटा अध्ययनले देखाएको छ । अध्ययनको विस्तृत विवरण ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित छ।
सन्तुलित भोजन र पर्याप्त व्यायामसँगै स्मरण शक्ति बढाउने केही उपाय यस्ता छन् ।
व्यवस्थित हुने
हामीले ससाना कुरा सम्झिन नसक्नुको कारण ससाना वस्तु व्यवस्थित रुपमा नराख्नाले पनि हुन्छ । त्यसैले यस्ता कुरा सम्झन र समय खेर जान नदिन व्यक्तिगत सामान, महत्वपूर्ण कागजपत्र, आफ्ना नियमित प्रयोगका सामान भेटिनेगरी राख्नुपर्छ । यसका लागि चश्मा, साँचोको झुत्ता, पर्स, डायरी र कलम लगायत नियमित आवश्यक सामान सधैं एकै ठाउँमा वा एउटै टेबलमा राख्ने गर्नुपर्छ।
त्यसैगरी, महत्वपूर्ण भेटघाट र गर्नुपर्ने कामको सूची बनाउने । यसका लागि स्मार्टफोनको सहायता लिन सकिन्छ वा पेपर अर्गनाइजर, क्यालेन्डर वा डायरीको सहायता लिन सकिन्छ।
सम्पर्क गर्नुपर्ने व्यक्ति, साथीभाइ, डाक्टर, बैंक, मेकानिक लगायतको फोन नम्बर, ठेगाना, इमेल पनि यसैगरी राख्नुपर्छ ।
उच्चारण गरेर पढ्ने
नाम, नम्बर वा शब्द दोहो¥याउँदा र आवाज निकालेर पढ्दा सजिलै सम्झनामा रहन्छ । जस्तो कि, कसैसँग पहिलोपल्ट भेट्दा ‘तपाईंसँग भेट्दा खुसी लाग्यो, दिनेश’ भन्दा उक्त व्यक्तिको नाम दिनेश हो भनेर याद रहन्छ । त्यस्तै, कसैले कुनै सूचना, जानकारी बताएपछि त्यसलाई दोहो¥याउँदा छिटो सम्झना हुन्छ । साँचो वा कुनै सामान राख्दा सबैले सुन्ने गरी ‘मैले यो टेबलमा साँचो÷ल्यापटप÷फोन राखेको छु’ भन्यो भने आफूले बिर्से पनि अरुले सम्झाइदिन्छन् । कुनै महत्वपूर्ण भेटघाटमा भएका कुराकानी खाजा खाँदा वा घर फर्कंदा दोहो¥याएमा छिटो बिर्सिइँदैन ।
अर्को वस्तुसँग जोडेर सम्झिने
कुनै नौलो शब्द वा जानकारी सम्झनामा राख्नुपरे त्यसलाई कुनै अर्को कुरा (कुनै चित्र वा वस्तु) सँग जोडेर याद गर्ने । चित्र वा वस्तुले अर्कोपल्ट त्यो जानकारी वा शब्द सम्झन सजिलो हुन्छ।
सामानहरू यथास्थान राख्ने
कार्यालयमा टिपेका नोट वा अर्गनाइजरलाई टेबलमा नै राख्ने, अन्यत्र नराख्ने । यसैगरी घरमा प्रयोग गरिने सामानलाई घरको निश्चित ठाउँमा राख्ने । नियमित खानुपर्ने औषधिबारे बाथरुमको ऐनामा एउटा नोट टाँस्यो भने सजिलै सम्झन सकिन्छ । अथवा मोबाइलमा अलार्म वा नोटिफिकेसन राख्न सकिन्छ।
कार्य विभाजन गर्ने
कुनै काम सक्न धेरै चरण लाग्छ भने त्यसका सबै चरणलाई विभाजन गर्ने । यसो गर्दा जटिल काम भए पनि पूरा गर्न सजिलो हुन्छ । त्यसैगरी ठूलो डाटा वा जानकारी पनि एकैपल्ट याद गर्न कठिन हुने भएकाले त्यसलाई टुक्र्ययाएर सानो पारेर याद गरे सम्झन कठिन हुँदैन।
त्यसैगरी, सामाजिक अन्तक्र्रियाले पनि स्मरण शक्ति कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । विभिन्न अध्ययनले सामाजिक अन्तक्र्रिया (साथीभाइ, आफन्तसँग भेटघाट) बाट मानसिक उत्प्रेरणा मिल्ने र स्मरण शक्तिमा ह्रास नआउने देखाएका छन्।