अप्रेशन गरी बच्चा जन्माउने (सी–सेक्सन)बाट बच्चा जन्माउनु आजभोली सामान्य भएको छ । यसको बढ्दो प्रयोगले आधुनिक तरिकाभन्दा अगाडिको औषधी र अन्य झन्झटलाई विर्साइदिएको छ । प्राचीन काललाई फर्केर हेर्दा परापूर्व कालमा पनि सी–सेक्सनका अभ्यास भएका थिए ।
प्राचीन सी–सेक्नबरे ईतिहास र साहित्यमा पनि उल्लेख गरिएको छ । तर, कठोर पीडा र तनाब, रक्तश्राब र संक्रमणका कारण कतिपय गर्भवती महिला बच्चा जन्माउँदा मृत्युको मुखमा धकेलिन्थे । कहिलेदेखि गर्भवती महिलाको शल्यक्रियमार्फत बच्चा जन्माउन थालियो ? पहिलो पटक कहाँ र कहिले गर्भवती महिलाको आमाको सफल सी–सेक्सन भयो ? सन् १३३७ को मध्यकालिन चेक रिपब्लिकनको जाडो मौसम अनुमान गर्न सक्नुहुन्छ ? चेकोलोस्भाकियाका अनुसन्धानकर्ताहरुको एउटा समूहले चेक रिपब्लिकनका राजा जोन दी ब्लाइन्डको एउटा दरबारमा सी–सेक्सन गरेको उदाहरण फेला पारेका छन् ।
जोनकी दोस्री पत्नी बिटराईस अफ बोउरबोन सन् १३३७ को २५ फ्रेबुबरीमा एक मात्र सन्तान डयुक विनसेसलाअस प्रथमलाई जन्माइन् । अनुसन्धानकर्ता प्रमाणित गरेको अभिलेख अनुसार बिटराइटको बच्चा जन्माउने क्रममा झन्डै मृत्यु भएको थियो ।
‘बच्चा जन्माउने क्रममा बिटराईटको झन्डै मृत्यु भएको थियो र उनको मृत्यु भएको विश्वास गरियो,’ चेक रिपब्लिकको चाल्र्स युनिर्भसिटीका अनुसन्धानकर्ता डा. एन्टोनिन भन्छन् । ‘बच्चालाई बचाउन शल्यचिकित्सकले आमालाई ब्युँताए । शल्यक्रियाले उनको ज्यान बचेको थियो ।
१४ शताब्दीको चेक रिपब्लिक युरोपेली सिकाईले बताए । बोहिमिअको दरबारले राम्रा चिकित्सक राखेको हुनुपर्छ र चिकित्सकहरुले उनको शल्यक्रिया गरेको हुनुपर्छ । शल्यक्रियाले उनलाई थप ४६ वर्ष बढी आयु थपेको थियो । दरबारमा बेल्जियमका कुटनीतिज्ञले लेखेको अभिलेखमा ‘ड्युकलाई आमाको कोखबाट निकाल्दा र आमाको निको भएको घाउप्रति बाबुले शल्यक्रिया बिधि प्रति देखाएको आश्चार्य हामीमाझ छिप्न सक्दैन’, डा पारिजेक भन्छन् ।
‘सो घटना निश्चय नै असाधरण सत्य हुनुपर्छ किनकी राजदरबारका स्वास्थ्य सम्बन्धि सूचना त्यतिबेला सार्बजनिक गर्ने चलन थिएन,’ उनी भन्छन् । सो प्रमाण अप्रत्यक्ष भए पनि सी–सेक्सनबाट रानी र उनको छोरा बाँचेको अनुमान गर्न सकिन्छ ।
चेकको सो घटना भन्दा अगाडि से सेक्सन सम्बन्धि अभिलेख सन् १५०० मा स्वीट्जरल्यान्डमा पाइन्छ । ज्ञानको प्रयोग गरेर सफल शल्यक्रिया दोस्रो शताब्दीमा गरिएको हुन सक्ने केही विद्धवानहरुले केही धार्मिक पुस्तकहरुमा संकेत गरेका छन् । तर, डा पारिजेक भने यसबारे आशंका व्यक्त गर्छन् । ‘प्रमाण नभेटिएकोले त्यतिबेला शल्यक्रिया हुन असम्भव छ,’ उनी भन्छन् । ‘ती घटनलाई एडम र इभको कथासँग तुलना गर्न चाहन्छु ।’ त्यसो भए जुलियस सिजर जसको नामबाट सी–सेक्सन बताइएको छ, के उनको यही बिधिबाट जन्म भएको होला त ? होइन, इतिहासकार भन्छन्, ‘जुलियस सिजरको सी–सेक्सनबाट जन्म भएकै होइन ।’
न्यूयोर्क टाइम्स