दमक– शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम मिर्गाैला पीडित स्थानीयबासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन्।
देउसी–भैलोबाट सङ्कलित रु ५० हजार ५६५ आइतबार आयोजित एक कार्यक्रममा बिरामीका बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो । चिकित्सकले २७ वर्षीया सम्झनाको मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएको उनले जानकारी दिए । बिरामीको उपचारमा हालसम्म रु २२ लाख बढी खर्च भइसकेको र थप उपचारमा समस्या भएकाले बुबा भुवनले सबैसँग थप सहयोगका लागि याचना गरेका थिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।