काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार जना उपसचिवको सरुवा गरेको छ भने एकजनालाई रमाना दिइएको छ। निमित्त सचिव डा सुशीलनाथ प्याकुरेलले सचिवस्तरीय निर्णय गर्दै उपसचिवहरुलाई सरुवा गरेका हुन् ।
मन्त्रालयको नीति योजना शाखा प्रमुख रहेका लिलाराज पौडेललाई जनसंख्या व्यवस्थापन तथा सूचना शाखामा पठाइएको छ ।भक्तराज जोशी नीति योजना शाखा प्रमुख भएका छन्।
यसैगरी मन्त्रालयमा आयुर्वेद विभागका उपसचिव बाबुराम लामिछानेलाई मन्त्रालय सरुवा गरिएको छ भने आयुर्वेद विभागमा स्वास्थ्य सेवा विभागका उपसचिव महेश पाण्डेलाई पठाइएको छ।
यस्तै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत उपसचिव बाबुराम खनाललाई स्वास्थ्य सेवा विभागका लागि रमाना दिइएको छ । उनको यसअघि नै सरुवा भएपनि उनको ठाउँमा अर्को व्यवस्था नभएकाले रमाना दिइएको थिएन ।