काठमाडौं— मंसिरको अन्तिम साता ‘तेस्रो नेपाल मेडिकल तथा ल्याव प्रदर्शनी २०१८’ आयोजना गरिने भएको छ।
एसडी प्रोमो मिडिया प्राइभेट लिमिटेड भारत र केमिकल एण्ड मेडिकल एसोसियसन नेपालको संयुक्त आयोजनामा हुने उक्त प्रदर्शनी मंसिर २७ देखि पुस १ गतेसम्म भुकृटीमण्डपमा हुने छ।
दुई सय बढी स्टल रहने उक्त प्रदर्शनीमा मेडिकल क्षेत्रका करिब सात हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा ५० भन्दा बढी नेपाली कम्पनी र अन्य विदेशी कम्पनीहरुले सहभागिता जनाउने छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।