काठमाडौं- एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपाल(असीपिएन) ले आज अन्तराष्ट्रिय प्याथोलोजी दिवसका अवसरमा प्रभातफेरीको आयोजना गरेको छ। काठमाडौँका विभिन्न अस्पतालमा कार्यरत ५८ जना प्याथोलोजिस्ट र प्याथोलोजी रेसिडेन्टहरु यसमा सहभागी भएका थिए।
बसन्तपुरबाट शुरु भएको प्रभात फेरि न्युरोड, रत्न पार्क, भद्रकाली, शहीदगेटहुँदै फेरि बसन्तपुरमै गएर टुंगिएको थियो।
यस कार्यक्रम मार्फत एसोसिएसनले 'तपाईको प्याथोलोजी जस्तो हुन्छ, तपाईंको चिकित्सा प्रणाली पनि त्यस्तै हुन्छ' भन्ने संदेश दिन खोजेको उपाध्यक्ष डा रुना झाले बताइन्।
प्रभातफेरीको अन्तमा बरिष्ठ प्याथोलोजिस्टहरु डा जंग बहादुर थापा, डा श्याम कुमार रौनियार, डा बिदुर ओस्ती, डा राजेश पन्त र डा रंग बहादुर बस्नेतले केक काटेका थिए।
अन्तराष्ट्रिय प्याथोलोजी दिवसको शुरुवात सन् २०१४ देखि रोयल कलेज अफ प्याथोलोजिस्ट (युके )ले स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गर्न प्याथोलोजीले पुर्याउने गरेको योगदानको कदर गर्न उत्सव मनाउन गरेको हो।







